काग्रेस दाङद्धारा बागि उम्मेदवारलाई कारबाही गर्ने निर्णय
प्रकाशित मिति : २०७४, १० असार शनिबार १२:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
तुलसीपुर :नेपाली काग्रेस दाङले बागि उम्मेदवारलाई कार्बाही गरेको छ । काग्रेस दाङले उम्मेदवार सहित समर्थक र प्रस्तावकलाई कारबाही गरेको हो।काग्रेस दाङले लमही नगरपालिकामा बागि दिएका डिल्ली बहादुर खड्का, गढवा गाउपालिकाका उम्मेदवार डिल्ली आचार्य, लमहीका गुरुदेव चौधरी, शान्तिनगरका हेमन्त वली, तारा वली, मेघराज ज्ञवाली, मान बहादुर वली, बिरेन्द्र डाँगी, , खुम बहादुर वलीलाई पार्टीको बिधान अनुसार धारा ३९ (११) ख बमोजिम कारबाही गरिएको सचिब संकर डाँगीले जानकारी दिए ।
Advertisement
त्यस्तै कारबाही पर्नेहरुमा बबई गाउपालिकाका वडा नंं ७ का महाबिर चौधरी, बासुदेव आचार्य, तेज बहादुर खत्री, अमर बुढा, घोराही ८ का निम बहादुर खड्का, तुलसीपुर ३ का ईकाई सभापति मोहन गुरुङ, तुलसीपुर ७ का माधव प्रसाद लामिछाने, तुलसीपुर १३ का सन्ध्या रिजाल, लोकेश्वरी अधिकारी, दंगीशरण का वालाराम डाँगी, सुनिल न्यौपाने, गढवाका भगवती चौधरी, गढवाका शान्ताराम यादव, झुबि चौधरी, राजपुरका हिरालाल यादव, गया प्रशाद यादवलाई कारबाही गरेको छ ।
पार्टी सभापति कृति बहादुर खड्काको अध्यक्षता, केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डेको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपाली काग्रेसका आधिकारीक उम्मेदवार बिरुद्ध उम्मेदवारी दिने समर्थक, प्रस्ताव बस्नेलाई कारबाही निर्णय गरेको हो । बैठकले उम्मेदवारका बिरुद्धमा कुनै पनि क्रियाकलाप नगर्न सम्पुर्णलाई आग्रह गर्दै त्यस्तो गरेको पाईएमा कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको छ ।