बाँकेका तीनवटा स्थानिय तहले गाउँसभा छिट्टै गर्ने
प्रकाशित मिति : २०७४, ९ भाद्र शुक्रबार १७:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बाढिका कारण स्थगीत बाँकेका तीनवटा स्थानिय तहले गाउँसभा छिट्टै गर्ने तयारी थालिएको छ । २८ गतेको बाढीका कारण बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुरमाको गाउँसभा स्थगीत भएका थिए ।
Advertisement
राप्तिसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले अब गाउँसभाको तयारी सुरु हुने जानकारी दिनुभयो । एक दुई दिनमा गाउँ कार्यपालिकाको बैठकको तयारी भईरहेको बताउँदै थारुले त्यसपछि गाउँसभाका लागि रोकिएका कामहरु सुचारु हुने जानकारी दिनुभयो ।
गत साउन ३१ गतेका लागि तोकिएको गाउँसभा २८ गतेको बाढिले स्थगीत भएको थियो । अध्यक्ष थारुका अनुसार विभिन्न वडाबाट आएका योजनाहरुलाई एकत्रित गरि केहि दिनमै गाउँसभा गरिने उहाँले बताउनुभयो ।