लमहीको फलोरेन्स अस्पतालमा महिलाको अन्डाशयको सफल शल्यक्रिया
प्रकाशित मिति : २०७४, १२ भाद्र सोमबार ०९:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
दाङ: लमहीको फलोरेन्स अस्पतालमा एक महिलाको अन्डाशयमा पानी भरिएको रोगको सफल शल्यक्रिया भएको छ । महिलाको अन्डाशयमा पानी भरिदा महिनावारीमा समस्या उत्पन्न हुने, संक्रमण भई अन्डाशय नष्ट हुने, दुखाई वढी हुने जस्ता लक्षणहरु देखा पर्ने फलोरेन्स अस्पतालका प्रमुख डा. पुष्प भुसालले जानकारी दिए ।
लमही नगरपालीका वडा नं. ३ टिकुलीगढ निवासी २२ बर्षिय दुर्गा चौधरीको शल्यक्रिया गरिएको हो । महिला तथा प्रसुती रोग विशेषज्ञ डा. विनोद सिंह, जनरल सर्जन डा. रमेश वस्नेत, एनस्थेसीया नारायण शर्मा, विएन डिला भुसाल, स्टाफनर्स ईसा कवर लगाएतको स्वास्थ्यकर्मीको समुहले सफलशल्यक्रिया गरेको हो । सल्यकृया गरिएको विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Advertisement