निर्वाचन संघारमै आउँदा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो
प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार ११:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, १३ मंसिर ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ८ दिन बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचारप्रसारलाई निकै आक्रामक बनाएका छन् ।
Advertisement
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज दिनभर (बुधबार) कोहलपुर नगरपालिका वडा नम्बर ११ मा घरदैलो गर्ने प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिनुभयो । ‘मतदाताको घरघरमै गएर भोट मागिरहेका छौं, अरु भन्दा घरदैलो नै प्रभावकारी हुने देखेर यसमै लागेका छौं,’ खत्रीले भन्नुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले पनि आफूले घरदैलोलाई नै प्राथमिकता दिएर हिंडिरहेको बताउनुभयो । उहाँले आज (बुधबार) पनि राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ७ फत्तेपुरमै घरदैलो गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिले पुरैनीमा घरदैलो गरिरहेको राप्रपाका नेता ऋषिराज देवकोटाले जानकारी दिनुभयो । प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालले पिप्रहवामा घरदैलो गरिरहेको प्रचारप्रसार संयोजक सुनिलसिंह हमालले बताउनुभयो । आजाद, सिंजापति र हमालले पनि चुनावी सभा, कोणसभा भन्दा पनि मतदाताको घरघरमा पुग्ने कोशिस गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज (मंगलबार) साविकको गनापुर गाविसमा घरदैलो र कोणसभा गर्ने प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो । प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा घरदैलो गरिरहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले जानकारी दिनुभयो । अन्य उम्मेदवारहरुजस्तै आफूलहरुले पनि घरदैलोलाई नै बढी प्राथमिकता दिएको कुर्मीले बताउनुभयो ।