अन्तिम चरणमा प्रचारप्रसार आक्रामक
प्रकाशित मिति : २०७४, १५ मंसिर शुक्रबार ११:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, मंसिर १५ ।
Advertisement
प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ३ दिनको मात्र समय रहँदा बाँकेमा पनि प्रचारप्रसारको हतारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (शुक्रबार) कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी क्षेत्रमा घरदैलो गरिरहेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले विनौनामा कार्यकर्ता भेटघाट र घरदैलो गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमाल अहिले भवानियापुर, भाटनपुर्वा, गुलामपुर्वामा घरदैलोमा रहेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताउनुभयो । त्यस्तै प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आज नेपालगञ्जको रोयल होटल बाँके कारकाँदोमा आयोजना गरेको भेलामा पनि उहाँहरु सहभागी हुनुहुनेछ । वडा नम्बर ११ मा पनि घरदैलो रहेको देवकोटाले जानकारी दिनुभयो । प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति डडुवा गाउँपालिका वडा नम्बर ६ का विभिन्न गाउँहरुमा घरदैलोमा रहनुभएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा विहान घरदैलो गरेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताउनुभयो । अब दिउँसो बैजनाथ ३ नौवस्तामा वडा भेला आयोजना गरिएको शाहीले जानकारी दिनुभयो । प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहको आज (शुक्रबार) राधापुरको जलपोखरीमा घरदैलो, दिउँसो जानकी गाउँपालिकाको मानपुर र खजुराको डि गाउँमा भेटघाट कार्यक्रम रहेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो ।