अटो मोबाइल्स र मदिरा व्यावसायी संघ सेमिफाइनल प्रवेश
प्रकाशित मिति : २०७५, १२ फाल्गुन आईतवार १३:४१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज : नेपालगन्जमा जारी प्रथम जुमा अन्तर व्यावसायी फुटबल प्रतियोगितामा समुह ख बाट अटो मोबाइल्स र मदिरा व्यावसायी संघ सेमिफाइनल प्रवेश गरेका छन् । आइतबार भएको समूह ख को खेलबाट यी दुई टोलि बिच बिजेता र उप बिजेताको टुंगो लागेको हो ।
Advertisement
आइतबार भएको पहिलो खेलमा नेपाल पाठयपुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बांकेले होटल व्यावसायी संघ बांकेलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । खेलमा नेपाल पठयपुस्तक बाट ज्ञानेन्द्र श्रेष्ठले ३ र बल बहादुर बिस्टले २ गोल गर्नु भएको थियो भने होटेल व्यवसायी तर्फ पुर्णकुमार राजकोटी र पृथ्बि बाहदुर बुढाले १-१ गोल गर्नु भएको थियो । खेलमा म्यान अफ द म्याच पुस्तकका तीन गोल गर्ने श्रेष्ठ घोषित भए । खेल पछी अंकका आधारमा यी दुबै टोलि लिग चरणबाटै बाहिरीएका छन् ।
यता दोस्रो खेलमा मदिरा व्यावसायी संघ बांके पराजित भएको छ । लगातार दुई खेल जित हात पारेको मदिरा व्यावसायी संघ आइतबार भने पराजित भएको छ । मदिरा संघ अटोमोबाइल्स संघ संग १-० झिनो गोल अन्तरले मात्र पराजित भएको हो । खेलमा अटो मोबाइल्सका तपेन्द्र खड्काले १ गोल गर्नु भएको थियो । खेलमा म्यान अफ द म्याच अटो मोबाइल्सका भुपेद्र राना घोषित भए । जुमा स्पोर्ट्स क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा क र ख गरि दुई समुहमा ८ टिमको सहभागी रहेकोे थियो ।
प्रतियोगितामा सोमबार पहिलो खेलमा समूह ख को उपबिजेता मदिरा व्यावसायी र क को बिजेता तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज भिडने छन् भने दोस्रो खेलमा समूह ख को बिजेता अटो मोबाइल्स र क को उप बिजेता नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बिच सेमिफाइनलको खेल हुने जुमा स्पोर्ट्स क्लबका अध्यक्ष भिम रानाभाटले जानकारी दिनु भयो ।
प्रतियोगितामा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज, अटो मोवाईल व्यवसायी नेपालगन्ज, नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बांके, कस्मेटिक तथा चुरा व्यवसायी संघ बांके, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बांके, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बांके , मदिरा व्यवसायी संघ बांके र होटल व्यवसायी संघ बांकेको सहभागिता रहेको आयोजक टिमका संयोजक रानाभाटले जानकारी गराउनुभयो । प्रतियोगिताको बिजेताले १ लाख १ हजार १ सय ११र उपबिजेताले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल प्राप्त प्राप्त गर्ने छन् । फाइनल खेल १४ गते हुने आयोजकले जनाएको छ ।