अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी
प्रकाशित मिति : २०७४, २ माघ मंगलवार ०८:३५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २ माघ । सरकारले अन्ततः दलीय भागबन्डामा नै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । दलहरूबीचको औपचारिक तथा अनौपचारिक संवादपछि सरकारले दलीय भागबन्डामै प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको हो । दलहरूबीच प्रदेश प्रमुखका विषयमा सहमति भएको र मंगलबार (आज) बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
Advertisement
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रदेश प्रमुखका विषयमा लगभग सहमति जुटे पनि एमालेले भने सहमति जनाएको छैन । दुई दलबीच भने एमालेलाई मनाएर कांग्रेस, माओवादी केन्द्र र एमालेले दुई–दुई सिट लिने सहमति गरेका छन् भने बाँकी एक प्रदेशमा मधेसवादी दललाई दिने सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।