मेला सफल पार्न सबैको सहयोगको अपेक्षा छ : अधिकारी
प्रकाशित मिति : २०७४, ३ फाल्गुन बिहीबार ०९:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २६ गते देखि फाल्गुण ८ गते सम्म ‘कोहलपुर औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्स २०७४’ संचालन भइरहेको छ । मेला संचालनका लागि विभिन्न उप– समितिहरु गठन गरिएका छन । यसै सन्दर्भमा कोहलपुर उद्योग वाणिज्य संघका महासचिव एवं मेला संचालनार्थ बनेको सचिवालय उप–समितिका संयोजक समेत रहेका तेज प्रसाद अधिकारी संग ब्यापार मेला सम्बन्धमा गरिएको कुराकानी :
Advertisement
१. यस पटकको औद्योगिक व्यापार मेला कसरी संञ्चालन भइरहेको छ ?
गत माघको २६ गते देखि संञ्चालन भइरहेको छ । मेलाको बिचमा पानीको कारणले गर्दा अलिकित प्रभाव परेको थियो । मेलाको उद्घाटन सत्र निकै राम्रो संग सम्पन्न भएको छ । त्यसपछि हामीले दुई दिन स्थानीय र राष्ट्रिय कलाकारहरु आमन्त्रण गरेर कार्यक्रमहरुलाई संञ्चालन गरिरहेका छौं । राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ ।
२. यो मेलामा दर्शकहरुको उपस्थिति कस्तो छ ?
पहिलो दिन लगभग १२ हजारको दर्शकहरुको
उपस्थिति रहेको थियो ।दोस्रो दिन १० हजार तेश्रो दिन ६ हजार । चौथो दिन वर्षाका कारण हुन सकेन । पाँचौें दिन करिब १० हजार दर्शकको उपस्थिति रहेको थियो ।अन्य दिनमा पनि राम्रो उपस्थिति रहेको थियो।अझ बढी दर्शकहरुको आशा गरेका छौ।
३.मेला आयोजना गर्नुको मुख्य उद्देय के हो ?
हामीले यो क्षेत्रको कृषि जडीबुटी उद्योग व्यापार पर्वद्धन गर्ने उद्देश्यले यो मेलाको आयोजना गरेका हौं । यो मेलाबाट केही रकमहरु संकलन हुन्छ , त्यो संकलित रकमबाट हाम्रो संघको बहुआयामिक भवन निर्माण गर्ने छौं । जसमा एउटा हल बनाउने एउटा तलामा संघको कार्यालय बनाउने र एउटा तलामा वस्तुगत संघका कार्यलयहरुलाई एक– एक वटा कोठा दिने माथिल्लो तलामा गेष्ट हाउस निमार्ण गर्ने योजना बनाएका छौं । यसका अतिरिक्त
कोहलपुर क्षेत्रमा रहेका शिक्षा,स्वास्थ्य, खेलकुद लगायतका क्षेत्रमा केही रकमहरु विनियोजित गर्ने हाम्रो लक्ष्य रहेको छ ।
४. मेलामा भित्र अहिले कस्ता –कस्ता स्टलहरु रहेका छन् ?
मेलमा कृषि सम्बन्धी स्टलहरु छन । जडीबुटी व्यापार तथा सुचना र जानकारी संग सम्बन्धित स्टलहरु छन । सुचना संग सम्बन्धित १५÷१६ वटाहरुलाई हामीले प्रमुख रुपमा लिएका छौं । त्यसै गरी बाल उद्यानहरु छन । विशेष गरी मेलामा भित्रको आकर्षण भनेको थारु गाँउ पनि रहेको छ । हामीले ९७ वर्ष पुरानो संस्कृति झल्किने र हाम्रा पुर्खाहरुले तेल पेल्ने गरेको कोल ल्याएर राखेका छांै । थारु समुदायका कला संस्कृति झल्किने सामाग्रीहरु रहेका छन । त्यहाँ थारु संस्कृतिका गित तथा नृत्यहरु प्रस्तुत हुन्छन ।
५. मेला संञ्चालन गर्दै गर्दा कस्ता कस्ता चुनौतीहरु झेल्न परेको छ ?
पकै पनि कुनै मेला महोत्सवमा राम्रा र नराम्रा पक्षहरु स्वभाविक रुपमा हुँदारहेछन् । यसै सन्दर्भमा हामीले एक दिन एक जना राष्ट्रिय कलाकारलाई बोलाएका थियौं । उहाँले आफ्नो कला प्रर्दशन गर्दा खेरी उच्श्रृखल प्रस्तुति रहे त्यो हाम्रा लागि विशेष परिस्थितिको सामना गर्नु पर्यो।
तै पनि मान्छेको हेराई र गराईमा फरक पर्दोरहेछ । तर पनि हामी संयमित भएका छौं । आगामी दिनमा त्यस्ता कलाकारहरुलाई नभित्र्याउने भन्ने आयोजकहरुको सल्लाह भएको छ । हामी त्यही अनुसार अघि बढ्ने योजना बनाएका छौं ।
६. मेला संञ्चालन हुने अझ केही दिनहरु बाँकी छन , ती आउने दिनहरुमा मेलालाई प्रभावकारी ढंगले संचालन गर्न के गर्दै हुनुहुन्छ ?
यो मेलामा हुने विभिन्न किसिमका समस्याहरुलाई बसेर छलफल गरेर टुंग्याउने हाम्रो योजना छ । प्रत्येक दिन साँझ ६ बजे मेला सकिन्छ र मेला सकिने बित्तिकै हामी समिक्षा बैठक बस्छौं । बैठकबाट आएका सम्स्याहरु समाधान गर्ने र अर्को दिनको लागि योजना बनाउने काम हुन्छ । सो योजना अनुरुप दिनभरीको कार्यक्रम संञ्चालन गर्ने गछांै।
७. अन्त्यमा के भन्न चाहानु हुन्छ ?
यो मेला हामीले ओजना गर्दै गर्दा यो कोहलपुर उद्योग वाणिज्य संघको मात्र मेला नभएर समग्र कोहलपुरवासीको बाँके जिल्लाबासीहरुको क्षेत्र नं १ लगायत क्षेत्र नं ३ संग गासिएको हुनाले कोहलपुर उद्योग वाणिज्य संघको सेवा क्षेत्र भित्रको सबैको मेला हो । यो क्षेत्रको सेवा र विकासका लागि हामीले यसबाट आर्जित रकमबाट बहु आयामिक भवन निर्माण गर्ने र क्षेत्रमा रहेका शिक्षा,स्वास्थ्य, खेलकुद र सामामजिक विकृति र विसंगति विरुद्धको काम गर्ने भएकोले सबैको साथ सहयोग चाहिन्छ । त्यसैले यो मेला सफल पार्न सबैको सहयोग पाउनेमा आशावादी छौ ।