डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण र घर नम्बर कायम गर्न शुरु गर्यो
प्रकाशित मिति : २०७४, २२ फाल्गुन मंगलवार २१:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाल्गुन २२,नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । मंगलबारदेखि गाउँपालिकाको वार्ड नं. १ होलियाको स्थानीय प्रेमा बर्माको घरबाट घर नंम्बर कायम गरि नम्बर प्लेट टाँस्न शुरु गरिएको जनाएको छ ।
Advertisement
अभियानको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द चौधरीले शुभारम्भ गर्दै यसले गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भई अधिकारिक हुनुको साथै हरेक सेवा सुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सचिव देवीलाल चौलागाई लगायतको उपस्थितीमा मंगलबारदेखि नै घरधुरी सर्भेक्षण समेत शुरु गरिएको छ । गाउँपालिकाको पञ्च वर्षिय अवधिक योजना निमार्ण तथा प्रोफाईल तयार गर्नका लागि घरधुरी सर्भेक्षण थालिएको हो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाल तथा मातृ मृत्युदर, बाढी प्रकोपको अवस्थाका विषयमा पहिचान गरि सोही अनुरुप योजना तयार गरिने सूचना अधिकारी ऋषि गौतमले बताए।डुडुवा बाट शुरू भएको सर्भेक्षणको कार्य गाउँपालिकाको ६ वटै वडामा गरिने बताए । सो सर्भेक्षणका लागि ६० जना तथ्याक संकलनकर्ता परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।