‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा
प्रकाशित मिति : २०७४, ८ चैत्र बिहीबार ०७:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौँ, ८ चैत । गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।
Advertisement
तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन् ।
कान्तिपुर लेख्छ- एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन् । चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ । स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ ।
स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो । अख्तियारका एक उच्च अधिकारीले विमानस्थलभित्रका केही अध्यागमन अधिकारी, प्रहरी र अन्य कर्मचारीको गतिविधि शंकास्पद देखिएको र ‘सेटिङ’मा अवैध धन्दा भइरहेको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको बताए ।
स्रोतका अनुसार अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको एक्कासि सरुवा भएको हो । कतिसम्म भने सामान्यतया सरुवाको सूची मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिने परम्परालाई लत्याउँदै सरुवाको सूची बुधबार साँझसम्म बेबसाइटमा राखिएको छैन । अध्यागमनकै एक अधिकृतले सरुवाको पछिल्लो कदमका पछाडि विमानस्थल अध्यागमनकै केही अधिकृतको दौडधुपले काम गरेको देखिने बताए । तर अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले अधिकृतहरूको सरुवालाई नियमित सरुवाका रूपमा अथ्र्याउँछन् । उनले सरुवाको निर्णयबाट विमानस्थल अध्यागमनमा भइरहेको गलत काममाथिको अनुसन्धान नरोकिने बताउँदै भने, ‘सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन ।’