डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो
प्रकाशित मिति : २०७४, ८ चैत्र बिहीबार ०८:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, ८ चैत । एपेक्स बैंक घोटाला प्रकरणमा राष्ट्र बैंककै मिलेमतो रहेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
समाचारमा राष्ट्रबैंकका गर्भनर चिरञ्जिवि नेपालको भूमिका माथि प्रश्न उठाउँदै भनिएको छ–राष्ट्र बैंकको प्रतिवेदनले २ माघ २०७३ मै कारबाही सिफारिश गरेपनि १२ बैंशाख ०७४ सम्म गर्भनर नेपाल मौन बसे । किनकी बैंकका तत्कालिन अध्यक्ष विष्णु धितालले राजनीतिक मात्र होइन, गर्भनर नेपालको संरक्षण पनि सुनिश्चित गरिसकेका थिए । त्यसैले कारबाहीमा आलटाल गर्ने मनसायका साथ राष्ट्र बैंकले एपेक्स कर्जा प्रवाहमा अनियमितता भए– नभएको अनुसन्धान गर्न ५ सदस्सीय निरीक्षण टोली बनायो ।
Advertisement
१२ बैशाखमा काम थालेको टोलीले १६ असारमा प्रतिवेदन तयार पार्यो , जसमा भनिएको थियो, ‘ एपेक्सको दुई अर्ब तीन करोड रुपैयाँ कर्जा प्रवाहमा अनियमितता देखिएको छ ।’
तर दोषीलाई नेपालले संरक्षण दिइरहे ।