‘रागिनी’ कथा संग्रह विमोचन
प्रकाशित मिति : २०७५, ३१ बैशाख सोमबार १६:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ३१ बैशाख। साहित्यकार कल्पना खरेलको कथा संग्रह रागिनीको नेपालगञ्जमा एक समारोह बीच विमोचन गरिएको छ । गौरी पव्लिक रिलेशन एण्ड पव्लीकेशनद्धारा प्रकाशित एक सय १० पेजमा २० वटा कथा संग्रहित छन् । अन्तर्राष्ट्रिय साहित्य समाज भेरीद्धारा आयोजित कार्यक्रममा प्रसिद्ध साहित्यकार एवं प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, प्राज्ञ हरि प्रसाद तिमिल्सिना, निबन्धकार सिर्जन लम्साल, उर्दू सायर जमील हाशमी, अन्तर्राष्ट्रिय साहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवश र स्वयं कृतिकारले संयुक्त रुपमा विमोचन गर्नु भयो । प्रमुख अतिथी वरिष्ठ कथाकार रेग्मीले संग्रह विषयवस्तु उठानका दृष्टिकोणले महत्वपूर्ण भएपनि अझैं परिष्कृत गरेर लेखनीलाई निरन्तरता दिन सुझाव दिनु भयो ।
Advertisement
कथाकार खरेलले आगामी दिनमा अझैं परिष्कृत रुपमा लेखनीलाई बढाउने प्रतिवद्धता व्यक्र गर्नु भयो । ‘रागिनी’ कल्पना खरेलको चौथो कृति हो । कृति र कृतिकार बारे शुक्रऋषि चौलागाई, इन्द्र भन्डारी इन्द्रेणी, खगेन्द्र गिरि कोपिला र मिना बरालले चर्चा गर्नु भएको थियो । सोही समारोहमा ऋचा लुइटेल, चरित्रा शाह, सन्तोषी बिस्ट, श्रीधर भन्डारी, प्रकाश सङ्गम र निरज दाहाल समेतका कविहरुले आ आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । अन्तर्राष्ट्रियसाहित्य समाज भेरीकी उपाध्यक्ष अनुपमा करारा विवशको सभापतित्वमा सम्पन्न विमोचन कार्यक्रमको संचालन सो संस्थाकी सचिव तथा पत्रकार निशु जोशीले गर्नु भएको थियो ।