खजुरा तिज महोत्सवको तयारी तिब्र
प्रकाशित मिति : २०७५, २० भाद्र बुधबार २०:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२० भदौ।बाँकेको खजुरामा तिजको दिनमा हुन गैरहेको खजुरा तिज महोत्सवलाई भव्य बनाउन विभिन्न उप समिति बनाएर महोत्सवको तयारी तिब्र पारिएको छ।
आज खजुरामा बसेको वृहत छलफल बाट महोत्सवलाई सम्पन्न गर्न विभिन्न उप—समिति बनाएर जिम्मेवारी प्रदान गरीएको महोत्सवका संम्योजक गिता सापकोटाले जानकारी दिइन ।
Advertisement
आर्थिक उप समितिको संम्योजकमा खिमलाल बराल, सुरक्षा उप समितिको संम्योजकमा इलका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक मख्खन यादव, मन्च व्यवस्थापनमा शिशिर सापकोटा, अतिथि सस्कारमा सुजा थापा, स्वयम सेवक व्यवस्थापनमा अमित लामा, प्रमाण पत्र तथा पुरस्कार वितरणमा ऋिषिराम सापकोटा, पानी व्यवस्थापनमा दिपक ढकाल, सास्कृतिक उप समितिमा लेखनाथ सापकोटा, प्रसार प्रचारमा दुर्गलाल विश्वकर्मा, सचिवालय व्यवस्थापन उप समितिमा कृष्ण भण्डारी र प्राथमिक उपचार उप समितिको संम्योजकमा सुदिप पौडेललाई जिम्मा दिइएको लायन्स कल्व अफ नेपालगन्ज—खजुराका अध्यक्ष लाइन रोशन सापकोटाले बताए ।
लाएन्स र लियो कल्व अफ नेपालगन्ज—खजुरा खजुराको मुख्य आयोजनामा हुन लागेको तिज महोत्सवमा खजुरामा परम्पराग्गत रुपमा सन्चालन हुदै आएको लाखे नाँच, पन्चेबाजा, सामुहिक तथा एकल न्यृत्य प्रतियोगिता मुख्य आर्कषण बन्ने संम्योजक सापकोटाले बताउनुभयो । परम्परागत तथा मौलिक तिज गित लाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।
भाद्र २७ अर्थात तिजको दिन हुने महोत्सवमा हुने प्रतियोगितामा सामुहिक न्यृत्य तर्फ प्रथम हुनेले नगद १५ हजार साथमा २६ हजार पर्ने आरो फिल्टर ९पानि शुद्धिकरण गर्ने मेसीन० प्राप्त गर्नेछन भने, द्धितिय हुनेले १० हजार, तृतिय हुनेले ५ हजार र सान्तावना हुनेले ३ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यस्तै एकल नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, द्धितियले ३ हजार, तृतिय हुनेले २ हजार र सान्तावना हुनेलाई १ हजार प्रदान गरीने सम्योजक सापकोटाले जनाइन । खजुरामा तिज महोत्सवलाई १० हजार बढि दर्शकहरुले अवलोकन गर्ने आयोजकले जनाएको छ ।