नेपालगन्जमा निशुल्क स्वास्थ्य शिबिर हुँदै
प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार १२:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२१ मंसिर। नेपालगन्जमा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ। नेपालगन्जको बिपि चोक स्थित नेशनल फार्मेसीमा यहि मंसिर २९ गते डा. बिजय उपाध्यायको नेतृवमा निशुल्क स्वास्थ्य शिबिर हुन लागेको हो। शिबिरमा पित्त,एपेन्डिक्स,स्तन , शरीरमा भएका गाठा गुठी सम्बन्धी बिरामीलाई स्वास्थ्य जाँच गरिने समेत भएको छ। त्यस्तै शिबिरमा हार्निया, ,हाइड्रोसिल जस्ता बिरामीको नेशनल फार्मेसीमै अप्रेसन गरिने आयोजकले जनाएको छ।
Advertisement
सर्जन डा. उपाध्यायद्वारा दिईने निशुल्क शिबिरमा प्याथोलोगी सेवामा २० प्रतिशत र अप्रेशन सेवामा २५ प्रतिशत छूट दिईने भएको छ। डा. उपाध्याय बर्दिया जिल्ला अस्पतालमा कार्यरत रहदै आएका छन्।