चौथो बाँके माघ महोत्सव आजदेखि सुरु हुँदै
प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार ०९:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ११ माघ । चौथो बाँके माघ महोत्सव २०७५ आजदेखि कोहलपुरको मैटहवामा सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा बाँकेले आयोजना गरेको दुई दिने महोत्सवको काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले उद्घाटन गर्दैछन्।
Advertisement
महोत्सवको मुख्य आकर्षणको रुपमा थारुहरुको पहिचानसँग सम्बन्धित सामग्री सहितको थारु संग्राहलय रहने बताईएको छ। निःशुल्क प्रवेशको ब्यवस्था रहेको महोत्सवमा थारु मौलिक गीत तथा नृत्य प्रतियोगिता समेत हुनेछ । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५, तेस्रो हुनेलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ ।
प्रतियोगितामा सहभागिता जनाउने सबै समूहलाई यातायात खर्च वाफत् १ हजार ५ सय रुपैयाँ उपलब्ध गराइने भएको छ । ४ लाख लागतमा सञ्चालन गर्न लागिएको महोत्सवमा २० हजार थारु तथा अन्य समुदायले अवलोकन गर्ने बताइएको छ ।