नेल्टा बाँकेद्वारा नेपालगन्जका माबी शिक्षकहरुलाई ६ दिने तालिम
प्रकाशित मिति : २०७५, ४ फाल्गुन शनिबार १८:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज : नेल्टा बाँकेको सहजिकरण र प्याब्सन नगरको समन्वयमा नेपालगन्जका २५ बढी विभिन्न माबि बिद्यालयका शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ ।
उक्त तालिम शिक्षा तालिम केन्द्र भैरहवाको आयोजनामा आजबाट सुरु गरिएको छ ।
Advertisement
नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काको अध्य्यक्षता र नेपालगन्ज नगर प्याब्सनका अध्यक्ष बिकास बज्राचार्यको प्रमुख आतिथित्यतामा सुरु भएको उक्त तालिममा मोर्डन पब्लिक स्कुलका प्राचार्य खड्ग बहादुर बोहरा, प्याब्सन नेपालगन्जका सचिव मानबहादुर थापा, नेल्टा बाँकेका उपाध्यक्ष तर्क खत्री र सचिव कमल घर्ती एवं नेल्टाका सन्जिब सिङ्नलले स्वागत मन्तव्य राखेका थिए ।
अतिथी खड्गबहादुर बोहराले आयोजित तालिमको चर्चा गर्दै यस्ता तालिमले शिक्षकलाई समयसापेक्ष बनाउनेमा सहयोग पुग्ने बताए । उनले तालिम निकै जरुरी भएको र तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो विद्यालयमा लागू गर्न सुझाव सहित शुभकामना दिए ।
प्रमुख अतिथी प्याब्सन नगर अध्यक्ष बिकास बज्राचार्यले तालिमका बारेमा प्रष्ट पार्दै नगर प्याब्सनले नगरमा विभिन्न उपलब्धिमुलक कार्यक्रम गर्दै आएको बताए । उनले तालिम सम्पन्न गर्नका लागि गरेको सहकार्य बारेमा प्रष्टाएका थिए । तालिमले शिक्षकहरुलाई मात्र नभइ विद्यालयलाई नै फाईदा हुने हुदाँ यसको उपयोगी तालिम भएको उनले बताए । सो औपचारिक कार्यक्रमको संचालन नेल्टाका सहसचिव हेमन्त राज काफ्लेले गरेका थिए। तालिम ६ दिन सम्म चल्ने छ।