अन्तर व्यावसायी फुटबलको उपाधिका लागि अटो मोबाइल्स र मदिरा व्यावसायी भिड्ने
प्रकाशित मिति : २०७५, १३ फाल्गुन सोमबार १४:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज : नेपालगन्जमा जारी प्रथम जुमा अन्तर व्यावसायी फुटबल प्रतियोगिताको उपाधिका लागि अटो मोबाइल्स र मदिरा व्यावसायी संघ भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा मदिरा व्यावसायी संघले तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्जलाई २-१ गोल अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
मदिरा व्यावसायी संघका लागि महेश थापा र भरत थापाले १-१ गोल गर्नु भएको थियो । तयारी कपडा का लागि मदन केसिले १ गोल गरे पनि जित दिलाउन सकेनन् । खेलमा मदिराका गोल किपर होम राज गिरि म्यान अफ द म्याच घोषित हुनु भएको छ ।
त्यस्तै दोस्रो सेमिफाइनलमा अटोमोबाइल्स संघले नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन लाई १-० झिनो गोल अन्तरले मात्र पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलमा अटो मोबाइल्सका कण थापाले १ गोल गर्नु भएको थियो । खेलमा म्यान अफ द म्याच पनि अटो मोबाइल्सकै थापा घोषित भए । जुमा स्पोर्ट्स क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा क र ख गरि दुई समुहमा ८ टिमको सहभागी रहेकोे थियो ।p
मंगलबार ८ बजे फाइनल खेल हुने जुमा स्पोर्ट्स क्लबका अध्यक्ष भिम रानाभाटले जानकारी दिनु भयो । प्रतियोगितामा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज, अटो मोवाईल व्यवसायी नेपालगन्ज, नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बांके, कस्मेटिक तथा चुरा व्यवसायी संघ बांके, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बांके, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बांके , मदिरा व्यवसायी संघ बांके र होटल व्यवसायी संघ बांकेको सहभागिता रहेको आयोजक टिमका संयोजक रानाभाटले जानकारी गराउनुभयो ।
प्रतियोगिताको बिजेताले १ लाख १ हजार १ सय ११र उपबिजेताले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल प्राप्त प्राप्त गर्ने छन् ।