सामाजिक सद्भाव सुदृढीकरणका लागि संवाद सहजीकरण तथा मेलेमिलाप कार्यक्रम सम्पन्न
प्रकाशित मिति : २०७५, २६ फाल्गुन आईतवार १९:५१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।जनहित संरक्षण मंचको आयोजनामा आज नेपालगन्जमा शान्ति र सामाजिक सद्भाव सुदृढीकरणका लागि संवाद सहजीकरण तथा मेलेमिलाप कार्यक्रम अन्तर्गत बाल विवाह तथा दाईजो प्रथासम्बन्धि सामुदायिक संवाद कार्यक्रम गरिएको छ ।
Advertisement
आधुनिक र सञ्चारको युगमा पनि भईरहेका बाल विवाह तथा दाईजो प्रथा जस्ता कुरिती र कुप्रथाका बिरुद्धमा आम नागरिकहरूको चेतनास्तरलाई बृद्धि गर्ने, जनप्रतिनिधिहरूलाई यस विषयमा पनि थप जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम गरीएको परियोजना प्रबन्धक बाबुराम पौडेलले जानकारी दिनुभयो । बाल विवाह तथा दाईजो प्रथा न्यूनिकरणका लागि १३ बुँदे नेपालगन्ज घोषणा–पत्र जारी गर्दै कार्यक्रम समापन भएको छ ।
बाल बिवाह तथा दाईजो प्रथालाई पूर्णरुपमा अस्विकार गर्ने, कानूनी प्रावधानहरूलाई कडाईका साथ लागू गरी २० बर्षभन्दा मुनि हुने विवाहहरूलाई पूर्णरुपमा निरुत्साहित गर्ने, नागरिकहरूलाई व्यापकरुपमा जनचेतना फैलाउनेलगायतको प्रतिबद्धता पत्रमा जनप्रतिनिधि, कर्मचारी, अभियान्तालगायतले हस्ताक्षर गरेका छन् ।