अस्थाई शिक्षक संघर्ष समिति बाँकेले बुझायो बुझायो विरोध पत्र
प्रकाशित मिति : २०७५, १२ चैत्र मंगलवार २१:२८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।अस्थाई शिक्षक संघर्ष समिति बाँकेले शिक्षा विकास तथासमन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको छ । शिक्षा ऐन २०२८ को नवौ संशोधनको दफा ११ च उपदफा ९ कार्यान्वयन हुननसकेको र उपदफा १० हाल कार्यान्वयन नगर्न अस्थाई शिक्षक संघर्ष समितिले शिक्षा विकास तथासमन्वय ईकाई बाँके मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विरोध पत्र पठाएको हो ।
Advertisement
सेवा सुविधा र स्वत अवकाश भएको सुचना तथा निर्देशन प्रत्येक जिल्लामा भएता पनि अस्थाई शिक्षक संघर्ष समिति र अस्थाई शिक्षकहरुले घोर भत्सर्ना समेत गरेका छन् ।
यसका साथै सेवासुविधा यस सरकारले उपलव्ध नगराए सम्म आफ्नो संघर्ष जारि रहने अस्थाई शिक्षक संघर्ष समिति बाँके शाखाका अध्यक्ष सिताराम बर्माले बताएका छन् ।
अस्थाई शिक्षक संघर्ष समिति बाँके शाखाका डिपलता जि.सि. का अनुसार उक्त विरोध पत्रमा यस सरकारले कार्यरत अस्थायी शिक्षहरुलाई अवकास दिने र विचल्लीमा पारि अस्थाई शिक्षकहरुलाई धोका दिई उनिहरुको भविस्य सीत खेलवाड गर्ने जस्ता कार्यको घोर भत्सर्ना गर्छौ भनिएको छ ।