के नेपालगन्जकि गम्भीर बिरामी पुनम नेपालीलाई सहयोग गर्ने कोहि छैनन् ?
प्रकाशित मिति : २०७५, २१ चैत्र बिहीबार १७:४५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । के नेपालगन्जकि गम्भीर बिरामी पुनम नेपालीलाई सगयोग गर्ने कोहि छैनन् ? पुनमलाई चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी आर्थिक अभावका कारण नेपालगन्ज उपमहानगरपालिका ७ की २३ वर्षीय युुुबतीको थप उपचार हुन सकेको छैन् ।तिन महिना अघि शरिर निलो हुँदै गएपछि नेपालगन्ज स्थित नर्सीगंहोममा स्वास्थ्य परिक्षण गराउँदा चिकित्सकले नेपालगन्जमा उपचार सम्भव नभएको भन्दै लखनऊ लैजान परिवारलाई बताएपछी उनका श्रीमान सुरेश नेपालीले थप उपचारका लागी लखनउ लगेका थिए ।
Advertisement
आर्थिक अभावका कारण लखनउमा पनि उपचार सम्भव हुन सकेन् ।हाल काठमाडौं नयाँ बानेश्वर स्थित सिभिल सर्भिस अस्पतालमा उनको उपचार भइरहेको भएपनि तत्काल चिकित्सकले बोनम्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछी उनिलाई मगंलबार डिस्चार्ज गरीएको उनका श्रीमान सुरेशले बताएका छन् । सिभिल सर्भिस अस्पतालमा डा। विशेष पौडेल सहितको चिकित्सकको टोलिले उनको उपचार गरीरहेको भएपनि थप उपचार अघि बढाउन तत्काल रु १० देखी १५ लाख रकम आवश्यकता पर्ने बताएपछी उनका श्रीमानले आफ्नी श्रमतीको ज्यान वचाउनका लागी याचना गरीरहेकाछन् ।
केही दिन अघि उनको उपचारका लागी नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले रु। ५० हजार सहयोग गरेका थिए । उनिलाई आर्थिक सहयोग गर्न चाहनेहरुले श्रीमान सुरेश नेपालीको मोबाइल नम्बर ९८२५५७१५४१मा सम्पर्क गर्न सक्नेछन् ।