कवड्डी संघले थाल्यो बाँके र बर्दियामा आठौँको प्रचार
प्रकाशित मिति : २०७५, २४ चैत्र आईतवार १९:४०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन आह्वान गर्दै अखिल नेपाल कवड्डी संघले आइतवार बाँके र बर्दियामा प्रचार प्रसार गरेको छ । माइकिङ गर्दै नेपालगन्ज रंगशालाबाट विहान निस्केका कवड्डी संघका अध्यक्ष डम्बर थापासहितको टोली कवड्डी प्रतियोगिता हुने बाँसगढीसम्म पुगेर प्रचार गरेको हो ।
आठौँ राष्ट्रिय प्रतियोगिता सफल पारौँ भन्ने जानकारी दिँदै संघले प्रतियोगिताका लागि तयार पारिएको गीतमार्फत सर्वसाधारणलाई सुसूचित गरेको अध्यक्ष थापाले बताए । संघको टोली नेपालगन्ज, कोहलपुर हुँदै बर्दियाको बाँसगढी, खजुरा, सीतापुर लगायतका ठाउँमा प्रचार प्रसार गरेको थियो ।
माइकिङका साथै प्रतियोगिताको प्रचारप्रसारका लागि तयार पारिएको स्टिकर समेत यातायातका साधनमा टाँसेको उनले बताए । उनले आवश्यक परे अन्य दिन पनि प्रचार प्रसारमा खटिने स्पष्ट पारे। प्रचार प्रसारका लागि संघले आफ्नो प्रयासमा टिशर्ट समेत तयार पारेको छ ।
Advertisement