लनटेनिसमा आइतबार एपीएफलाई थप दुई स्वर्ण
प्रकाशित मिति : २०७६, १ बैशाख आईतवार २३:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सान्केतिक तस्बिर
नेपालगन्ज ।रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद अन्तरगत लनटेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आइतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।
महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६९१, ६९२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।
यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६९२, ६९४ को सोझो सेटमा पराजित गर्दै संवरण जितेका हुन। यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।
पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६९०, ६९३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६९३, ७९५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६९२, ६९० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६९०, ५९७, ६९२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । फाईनल सोमबार हुने छ ।
Advertisement
स्क्वास : कृष्णाको चौथो जित
आठौं अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् ।
कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् । अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।
पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।
बास्केटबल :
आठौं अन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलमा प्रदेश ५ ले जित हात पारेको छ ।
प्रदेश ५ ले प्रदेश १ लाई २७–२४ को झीनो अन्तरले पराजित ग¥यो। विजयी टिमका लागि अस्मिता भुजेलले ८ अंक जोडिन् ।
अन्य लिगमा प्रदेश ३ ले सुदूरपश्चिम प्रदेशलाई ५७–३३, प्रहरीले प्रदेश ४ लाई ६८–४३ र आर्मीले एपीएफलाई ४४–३७ ले हराए । प्रदेश ३ की सदीना श्रेष्ठले १७, प्रहरीकी अनुषा मल्लले १६ र आर्मीकी मिना गुरुङले ९ अंक जोडे ।
पुरुषमा प्रदेश ५ ले प्रदेश ६ लाई ६७–२८, प्रदेश ४ ले प्रदेश २ लाई १०४–२९, प्रदेश ३ ले प्रहरीलाई ७७–६६ र प्रदेश १ ले प्रदेश ७ लाई ७०–४० ले पाखा लगाए । प्रदेश ५ का रोहित बरालले २३, प्रदेश ४ का जिमेन पुनले २४, प्रदेश ३ का राजीव जोशीले १९ र प्रदेश १ का विवेकमणि श्रेष्ठले १९ स्कोर गरे ।