आठौ राष्ट्रिय खेलकुदः महिला तथा पुरुष बास्केटबलको सेमिफाइनल मंगलबारदेखि
प्रकाशित मिति : २०७६, २ बैशाख सोमबार १९:२४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत/ दाङ ।नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं ७ र प्रदेश नं ३ दाङमा जारी महिला राष्ट्रिय बास्केटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् ।
आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको क्वाटर फाइनलमा शसक्त र शानदार प्रर्दशन गर्दै नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं ७ र प्रदेश नं ३ ले क्वाटर फाइनल यात्रा तय गरेका हुन् ।
उल्लेख्य दर्शकका विच भएको रोमाञ्चक खेलमा प्रदेश नं ३ ले प्रदेश नं ५ लाई १२ का विरुद्ध ४७ स्कोर गर्दै सेमिफाईनल यात्रा तय ग¥यो भने गण्डकी प्रदेश लाई ३१ का विरुद्ध ५९ स्कोर गर्दै नेपाल आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ संग भेट पक्का ग¥यो । त्यस्तै प्रदेश नं १ लाई २९ का विरुद्ध ३३ स्कोर निकाल्दै प्रदेश नं ७ ले सेमिफाइनल यात्रा तय गर्न सफल भयो । त्यस्तै शसस्त्र प्रहरीको एपीएफलाई ३५ का विरुद्ध ५७ अंक स्कोरले पराजीत गर्दै नेपाल पुलिसले सेमिफाइनल भिडन्तमा प्रदेश नं ७ संग भेट पक्का गर्न सफल भयो ।
मंगलबार विहान हुने सेमिफाइनल खेलमा प्रदेश नं ३ र नेपाल आर्मी, प्रदेश नं ७ र नेपाल पुलिस भिड्नेछन । खेल विहान साढे ६ बजे बाट सुरु हुने दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष विपिन के.सी. ले जानकारी दिएका छन् । त्यस्तै पुरुष राष्ट्रिय बास्केटबल तर्फ नेपाल पुलिस, नेपाल आर्मी,प्रदेश नं ३ र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटर फाइनल खेलमा प्रदेश नं १ लाई ५५ का विरुद्ध ७६अंक स्कोरले पराजीत गर्दै नेपाल आर्मीले सेमिफाइनल यात्रा तय ग¥यो भने शसस्त्र प्रहरीको एपीएफ लाई ५१ का विरुद्ध ६० अंक स्कोरले पराजीत गर्दै प्रदेश नं ३ ले सेमिफाइनलमा नेपाल आर्मी संग भेट पक्का ग¥यो । त्यस्तै प्रदेश नं ५ लाई ४२ का विरुद्ध ६८ स्कोरले पराजीत गर्दै नेपाल पुलिसले सेमिफाइनल यात्रा सुरक्षीत ग¥यो भने प्रदेश नं ७ लाई ४४ का विरुद्ध ७५ स्कोर गर्दै गण्डकी प्रदेशले सेमिफाईनल भिडन्तमा नेपाल पुलिस संग भेट पक्का ग¥यो ।
सेमिफाइनल खेल मंगलबार हुनेछ ।
Advertisement