आठौं राष्ट्रिय खेलकूद:दाङमा आइतबार सम्पन्न खेलमा कसले मारे बाजी !
प्रकाशित मिति : २०७६, ८ बैशाख आईतवार २१:५९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत / दाङ ।आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्र्तगतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ ।
त्यसकालागि रुट पनि तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ ।
विहानै शुरुहुने हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी रंगशालको ट्रयाकमा एक राउण्ड पछि समापन हुने जनाइएको छ ।
एथ्लेटिक्स अन्र्तगत आइतबार भएको चार समय मिटर दौडमा पुरुष तर्फ एपीएफका निरप्रताप महतोले स्वर्ण पदक जितेका छन् । ४९ दशमलब ३५ सेकेण्डका साथ स्वर्ण पदक जित्दा एपीएफकै शिबराज पार्कीले ५० दशमलब ४५ सेकेण्डका साथ रजत पदक हात पारे । त्यस्तै प्रदेश एकका प्रकाश दनुवारले ५० दशलमब ६३ सेकेण्डको टाइमिङका साथ कास्य पदक हात पारे ।
सोही स्पर्धा अन्तर्गत महिला तर्फ स्वर्ण र रजत पदकमा त्रिभुवन आर्मीले कव्जा गरेको छ । आर्मीकी तुलसा खत्रीले ५९ दशमलब ९१ सेकेण्डका साथ स्वर्ण पदक जित्दा संगीता मेचेले १ मिनटे ०० दशमलब २९ सेकेण्डका साथ रजत पदक हात पारिन् ।
यसैगरी कास्य पदकमा भने प्रदेश पाँचकी अरुणा रिजालले नाम लेखाउन सफल भइन् ।
एक सय मिटर हडल्स (बाधा) दौडमा महिला तर्फ प्रदेश पाँचले स्वर्ण पदक जितेको छ । प्रदेश पाँच की प्रमिला थारुले १६ दशमलब २५ सेकेण्डका साथ स्वर्ण पदक जित्दा रजत पदकमा प्रदेश पाँचकी जयरानी चौधरीले नाम लेखाउन सफल भइन् । त्रिभुवन आर्मीकी तुलसा श्रेष्ठले कास्य पदक जितिन् ।
एक सय १० मिटर पुरुष हडल्समा त्रिभुवन आर्मीका निरकुमार चौधरीले स्वर्ण पदक जित्दा १५ दशमलब ५६ सेकेण्डको टाईमिङ निकाले । यसैगरी नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १५दशमलब ६७ सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका अशोक कुँवरले १६ दशमलब ७० सेकेण्डका साथ कास्य पदक हात पारे ।
पाँच हजार मिटर दौडमा महिला तर्फ प्रदेश तीनले स्वर्ण पदक जितेको छ । प्रदेश तीन की सन्तोषी श्रेष्ठले १६ मिनेट ३८ दशमलब ६ सेकेण्डका साथ स्वर्ण पदक जितेकी हुन् । यसैगरी आर्मीकी विश्वरुपा बुढा रजत पदकमा सिमित भइन् ।
उनले १६ मिनेट ४६ दशमलब १ सेकेण्डका साथ रजत पदक हात पारिन् । त्यसैगरी एपीएफकी बृन्दा धनके श्रेष्ठले कास्य पदक जित्दा १७ मिनेट ०३ दशमलब ८ सेकेण्डको समय निकालेकी थिइन् ।
५ हजार मिटर पुरुष दौडकमा गोपीचन्द्र पार्कीले १४ मिनेट ४४ दशमलब ३ सेकेण्डका साथ स्वर्ण पदक हात पारे । प्रदेश ६ का दुर्गा बुढाले १४ मिनेट ४६ दशमलब ०६ सेकेण्डमा दूरी पुरा गर्दै रजत पदक जित्दा प्रदेश ४ का अनिस थापाले १४ मिनेट ५७ दशमबल १ सेकेण्डमा दूरी पुरा गर्दै कास्य पदक हात पारे ।
यसैगरी ट्रिपल जम्प अन्र्तगत आइतबार भएको फाइनलमा महिला तर्फ शिला चौधरीले स्वर्ण पदक हात पारिन् ।
उनले ११ मिटर १४ सेन्टिमिटरका साथ स्वर्ण पदक जीतेकी हुन् । त्यसैगरी प्रदेश पाँच की पूजा चौधरीले १० मिटर ६०सेन्टिमिटरका साथ रजत पदक जित्दा प्रदेश पाँच कै सिमा चौधरीले १० मिटर ५७ सेन्टिमिटरका साथ कास्य पदक हात पारिन् ।
पुरुष तर्फ ट्रिपल जम्प पुरुष तर्फ प्रदेश तीनका भुवन महतोले स्वर्ण पदक जित्दा १४ मिटर ६० सेन्टिमिटरको छलाङ मारेका थिए । आर्मीका डिल्ली खत्रीले १३ मिटर ९८ सेन्टिमिटरका साथ रजत पदक हात पार्दा आर्मीकै आशिष चौधरीले १३ मिटर ९० सेन्टिमिटरका साथ कास्य पदक जिते ।
चार गुणा चार सय महिला रिले दौडमा त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ । उक्त स्पर्धामा आर्मीका खेलाडीहरु कृष्णा चौधरी, संगीता मेचे, तुलसा खत्री र सरस्वती भट्टराईले ४ मिनेट ०२ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् ।
एपीएफका भागिरती थारु, सानुका थापा, फुलमती राना र स्वस्तीका श्रेष्ठको समूहले ४ मिनेट १३ दशमलब १४ सेकेण्डका साथ रजत पदक हात पारे । प्रदेश पाँचले कास्य पदक हात पार्दा अरुणा रिजाल, पूर्णीमा खड्का कमला जैसी र पूजा चौधरीको समूहले ४ मिनेट २२ दशमलब ४९ सेकेण्डको समय निकालेका थिए ।
पुरुष तर्फ ४ सय मिटर रिले दौडमा एपीएफ ३ मिनेट २० सकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जीत्दा आर्मीले ३ मिनेट २४ सेकेण्डका साथ रजत पदक हात पारेको थियो । यसैगरी कास्य पदक जितेको प्रदेश पाँचले ३ मिनेट ३४ सेकेण्ड समय निकालेको थियो ।
Advertisement
सोमबार देखी महिला क्रिकेटको सेमिफाइनल
दाङ, ८ वैशाख
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको लमहीमा सोमबारदेखि सेमिफाइनलका खेल हुने भएका छन् ।
फाइनलमा पुग्न एपीएफ र प्रदेश नम्बर २, यसैगरी प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका बीचमा सेमिफाइनल खेल हुने छ । पहिलो खेल एपीएफ, प्रदेश नम्बर २ र दोस्रो खेल प्रदेश नम्बर १ र सुदूरपश्चिमका बीचमा हुने छ । प्रदेश ३ लाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमामा प्रवेश गरेको हो ।
टस जितेर व्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
सुदुरपश्चिम प्रदेशकी कविता जोशीले अर्धशतक बनाइन् । १२८ रनको लक्ष्य लिएर मैदानमा उत्रीएको प्रदेश नम्बर ३ सबै विकेट गुमाएर १८ ओभरमा जम्मा १०८ रन बनाउन सक्यो ।
महिला क्रिकेट प्रतियोगितामा एउटा बिभागीय टिमसहित कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेशगरी ७ टिमले भाग लिएका थिए । फाइनल प्रवेशका लागि सोमबार दुवै सेमिफाइनल खेल हुने छन् । विहान हुने पहिलो खेलमा एपीएफ र प्रदेश २ तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।
दाङको तुलसीपुरमा कराँते जारी
यसैगरी तुलसीपुरको बहुउदेश्यीय कर्भडहलमा जारी कराँते प्रतियोगिताको पुरुष ५५ के.जी. तौल समुहमा प्रदेश नं ३ का विजय श्रेष्ठले स्वर्ण पदक जिते । त्यस्तै प्रदेश नं १ विवेक थापाले रजत पदक जित्दा प्रदेश नं २ का दिनेश बहादुर घिसिङ र एपिएफका लक्ष्मण तामाङले कास्य पदक हात पारे । त्यस्तै पुरुष ८४ के.जी.माथी तौल समुहमा प्रदेश नं ३ का विपिन राज सिं ले स्वर्ण पदक हात पार्दा प्रदेश नं १ का सागर साउतले रजत पदक जित्दा प्रदेश नं २ का सुरेश श्रेष्ठ र प्रदेश नं ७ का सागर शाहीले कास्य पदक हात पारे । त्यस्तै महिला ६८ के.जी तौल समुहमा नेपाल प्रहरीकी अनुपमा मगरले स्वर्ण पदक हात पारिन् । त्यस्तै नेपाली सेनाका रिता कार्कीले रजत जित्दा एपीएफका एरिका गुरुङ र एन. आर.एन.की शान्ति अधिकारीले कास्य पदक हात पारे । त्यसैगरी पुरुष एकल कातामा नेपाल प्रहरीका मादेकाजी श्रेष्ठले स्वर्ण पदक जिते ।
महिला फुटबलको सेमिफाइनल मंगलबार देखि
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको बेलझुण्डीमा मंगलबार देखि सेमिफाइनलका खेल हुने भएका छन् ।
फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन् । पहिलो सेमिफाइन खेल विहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउसो २ बजे पछी हुनेछ ।
यस्तै आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रदेश नं ७ विजयी भएको छ ।
त्यस्तै आईबार सम्पन्न महिला ४२ के.जी. कुमुते तर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे ।
त्यस्तै ५० केजी महिला कुमुते तर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । त्यस्तै एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले रजत जिते । त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे ।