बाँकेका अति विपन्न बालबालिकालाई विभिन्न सहयोग प्रदान
प्रकाशित मिति : २०७६, ९ बैशाख सोमबार १८:०२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । बाँकेका अति विपन्न परिवारका दलित, मुस्लिम, अपाङ्गता, एकल महिला र पिछडिएका समुदायका बालबालिकालालाई विभिन्न सामाग्री उपलब्ध गराइएको छ । कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले आज एक कार्यक्रमको आयोजना गरि ति बालबालिकाहरुलाई सो सामाग्री सहयोग वितरण गरेको छ ।
बाँके जिल्ला अन्र्तगत ३५ जना एकल महिलालाई तीन महिने निशुल्क तालिम र खुट्टाले चलाउने सिलाई मेसिन, २९ जना अपाङ्गता भएकालाई ह्वील चियर, ४८ जना विद्यार्थीलाई साइकल, १ जनालाई मोबाईल मर्मत तालिम र ३ जना क्रोनिकल रोग लागेका विरामीलाई जनही रु ९० हजार २ सय ६० नगद सहयोग उपलव्ध गराएको छ ।
बाँके जिल्लाका २४ जना छात्र र २४ जना छात्रा गरि जम्मा ४८ जनालाई सो सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले यो सहयोगले विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा ज्ञानको ज्योती जगाउँनमा मद्दत पुग्ने भन्दै वास्तविक सहयोगको खाचो भएका विद्यार्थीलाई यसले सहयोग गर्नुका साथै थप हौसला प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Advertisement
नेपालगन्जका मेयर डा. धवल शम्शेर राणाले नगरमा विपन्न परिवारका बालबालिकाहरुले कतिपय समस्याका कारण राम्रो शिक्षा हासिल गर्न नसकेको भन्दै खासगरी मुस्लिम छात्राहरुलाई लक्षित गरि नेपालगन्जको सल्यानीबागको माध्यामिक विद्यालयलाई छात्रा विद्यालय बनाउन लागेको बताउनुभयो । उहाँले सो विद्यालयमा मुस्लिम छात्रालाई उर्दु भाषामा समेत अध्यायपन गराइने विपन्न असहाय परिवारको शैक्षिक स्तर बृद्धिका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नगर शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापा, वडाध्यक्षहरु बुद्धिसागर सुवेदी, सुनिलसिंह हमाल र कतार च्यारेटी नेपालका कार्यक्रम व्यवस्थापक इरसाद अली शेष लगायतले शैक्षिक सहयोगबारे आ आफ्ना धारणा राख्नुभएको थियो ।
कतार च्यारेटीको सहयोगमा बाँके युनेस्को क्लबले विगत केही वर्षदेखि बाँके र बर्दियाका विपन्न परिवारका बालबालिकाहरुलाई विभिन्न शैक्षिक सहयोग सामाग्री नियमित रुपमा सहयोग गर्दै आएको क्लबका अध्यक्ष प्रबेजअली सिद्दिकीले बताउनुभयो । उहाँका अनुसार च्यारेटीले गरेको सहयोगप्रति नेपालगन्ज उपमहानगरपालिका, प्रशासन र जिल्ला समन्वय समितिले धन्यबाद दिदै पं्रशसा प्रत्र प्रदान गरिएको थियो ।