ट्राफिक सप्ताहको चौथो दिनमा नेपालगन्ज र खजुरामा सचेतना कार्यक्रम गरियो
प्रकाशित मिति : २०७६, १७ बैशाख मंगलवार १८:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।ट्राफिक सप्ताहको चौथो दिनमा नेपालगन्जमा मंगलबार साना सवारीसाधनका चालकलाई ट्राफिक ज्ञान बारे सचेतना दिइएको छ।”सवारी दुर्घटना न्यूनीकरणका लागि ठाउँको ठाउँ सुधार’ भन्ने नारासहित शनिबारदेखि ट्राफिक सप्ताह सुरु भए सगै बाँके ट्राफिकले जिल्लामा विभिन्न कार्य गर्दै आएको छ।
Advertisement
जस अनुसार आज ट्राफिक प्रहरीले नेपालगन्जको धम्बोझी चोकमा सानो म्याजिक गाडी र अटोरिक्साका चालकहरुलाई कसरी ट्राफिक नियम अनुसार गाडी चलाउने, गाडी कस्तो तरिकाले कहाँ पार्क गर्ने,ओभरटेक कसरी गर्ने, यात्रुहरुलाइ कुन स्थानमा ओराल्ने र चढाउने आदि बारेमा सम्झाइ बुझाइ गरेको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक ओम पौडेलले बताए।
त्य्स्तै ट्राफिक सप्ताह अन्तर्गत खजुरा गाउँपालिकामा पनि ट्राफिक सचेतना कार्यक्रम गरिएको छ। गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधिहरु, विभिन्न स्कुलका बिध्यार्थीहरु, स्थानिय लगायत सुरक्षाकर्मीहरुले र्याली निकाल्दै पर्चा, पम्प्लेट समेत वितरण गरिएको नायब निरीक्षक पौडेलले बताए।