पुनम नेपालीको जीवन रक्षाका लागि अपील
प्रकाशित मिति : २०७६, ४ जेष्ठ शनिबार १८:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज। नेपालगन्ज ७ निबासी बोन म्यारो पीडित पुनम नेपाली बादीको जीवन रक्षाका लागि सहयोगको अपील गरिएको छ ।
प्लाष्टिक एनिमीया कारण पुनमको ५ महिनादेखि बोन म्यारोमा समस्या देखिएको हो । उपचारका लागि विभीन्न अष्पतालमा लाखौं रुपैया खर्च गरिसकिएपनि अझै सुधार नआएको पुनमका पति सुरेश नेपालीले जानकारी दिनु भयो ।
हाल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल नेपालगञ्जमा उपचार भइरहेपनि थप उपचारका लागि आर्थिक अभाव भएपछि जीवन रक्षका लागि परिवारले सार्वजनिक अपील गरेको हो ।
उपचारमार्फत पूर्ण निको हुन करिव १५लाख खर्च लाग्ने चिकीत्सकले बताएपछि आर्थिक सहयोगका लागि आहवान गरिएको हो ।
पुनम(बादी) नेपाली बचाउन अभियानमार्फत आज आयोजित पत्रकार सम्मलेनमा पति नेपालीले बोन म्यारोका लागि रकम आवश्यक परेको जनाउनु भयो ।सहयेगी मनकारी दाताले श्रीमान सुरेश नेपाली को बैंक अफ काठमान्डौ नेपालगन्जमा रहेको खाता न. ०५०५०००१८११७५२४ मा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ। यस अघि उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणा लगायत विभिन्न व्यक्तिले उपचारार्थ सहयोग गर्नु भएको थियो।
Advertisement