क्रिकेट संघ बाँके पराजित,शाह द्धारा सानदार अर्धसतकिय पारी
प्रकाशित मिति : २०७६, २४ जेष्ठ शुक्रबार २३:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी /.नेपालगन्जमा शुक्रवार देखि शुरु भएको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा खेलिएकोे मैत्रीपूर्ण खेलमा आयोजक द ग्रुप अप युथ सिक्स्टिन टिम बिजयी भएको छ । उसले बांके जिल्ला क्रिकेट संघलाई १७ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिग गरेको आयोजकले ८९ रन बनाएको थियो । उसका लागि सानदार ब्याटिग गर्ने क्रममा सन्तोष शाहले अर्धसतकिय पारी खेले उनले ३० बलमा ६५ रन बनाए । ९० रनको लक्ष सहित जबाफी व्याटिगमा बांके जिल्ला क्रिकेट संघ ७३ रनमा अल आउट भयो ।
Advertisement
खेलमा ६५ रन प्रहार गर्ने आयोजकका सन्तोष शाह म्यान अफ द म्याच घोषित भए । उनलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस नेपालगन्जका व्रन्च म्यानेजर इश्बरी आचार्यले ट्रफी प्रदान गरे । प्रतियोगिताको नियमित खेल भने शनिवार विहान बिहान ६ बजेदेखि सुरु हुने छ । नेपालगन्जका २३ वटै वडा सहभागि प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ३ र वडा नं. ५ भीड्ने छन् ।
शनिवार ४ खेल हुनेछ । साढे १० लाख रुपैयाँ लागतमा आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने आयोजक द ग्रुप अप युथ सिक्स्टिनका सचिव राम श्रेष्ठले जानकारी दिए । खेल आयोजना हुने मंगल प्रसाद माबिको मैदानमा निशुल्क इन्टरनेटको व्यवस्था गरिएको छ । इन्टरनेट सेवा प्रदायक सुविसुले संचारकर्मी, दर्शक सबैका लागि निशुल्क वाईफाईको व्यवस्था गरिदिएको श्रेष्ठले जानकारी दिए । उद्घाटन समारोहमा प्याब्सन नगर कमिटीसँगको समन्वयमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । उद्घाटन समारोहमा २३ वटै वडाको टिमका सदस्यहरु, अफिसियल, मेयर, लगायत उपस्थित रहेका थिए । कार्यक्रम क्लवका अध्यक्ष विष्णु अर्यालको सभापतित्वमा भएको थियो । कार्यक्रकमा वडा नं १२ का अध्यक्ष वुद्धिसागर सुवेदी स्वागत मन्तब्य दिनुभएको थियो ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन , कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ ले गरी करिब ६ लाख रुपैया“ सहयोग उपलब्ध गराएका छन । े सुरु भएको छ । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले प्रतियोगिताको उद्घाटन गरेका छन । प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री राईले नेपालगन्जका प्रत्येक वडामा फुटसल निर्माण गर्न सहरी विकास मन्त्रालयले सहयोग गर्ने उद्घोष गरे । मन्त्रि राईले बाँके जिल्लालाई नै खेलकुदको उर्वर भुमिका रुपमा विकास गरीने बताए