क्रिकेट प्रतियोगितामा वडा नं. ११र २२ विजयी, दर्शकले पाए नगद ११ हजार
प्रकाशित मिति : २०७६, २६ जेष्ठ आईतवार २२:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र २२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. ९ लाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ९ ले १४ ओभर ४ बलमा सबै विकेट गुमाउदै १ सय २२ रन बनाएको थियो । उसका लागि उपेन्द्र थपलियाले अर्धसतकिय पारी खेले । उनले ६४,र सौरभ पाण्डेले १४ रनकोपारी खेलेका थिए । ११ का बलर प्रेम नाथ सोनि र सरद चौबेले ३र३ तथा सफिक जसगढले २ बिकेट लिए ।
जवाफि व्याटिङगमा आएको वडा नं. ११ ले १४ ओभरमा २ बलमा बिजयी लक्ष्य भटायो । उसका लागि मोहित गौतमले ३८,राहुल कनौजियाले २९, जक्की नबाफले १७ रन को पारी खेल्दै खेल जिताए । ९ का बलर रत्नाकार पाण्डे र सुरेन्द्र उपाध्ययाले समान ३र३ बिकेट लिए । खेलमा प्रेम नाथ सोनि म्यानअफ द म्याच घोषित भए ।
Advertisement
त्यस्तै दोस्रो खेलमा वडा न २२ बिजयी भयो । उसले २० नम्बर लाई २ बिकेटले पराजित गरेको हो । खेलमा पहिला व्याटिग गरेको २० ले निर्धारित ओभरमा ८८ वनायो । उसका लागि आशिकी अन्सारीले ३२ र गणेश बिकले २९ रन बनाए । २२ का बलर सुन्नी सहनीले ३ बिकेट लिए । जबाफी व्याटिङमा आएको २२ ले १०ओभर २ बलमा लक्ष्य भेटायो । उसका लागि इमरान दर्जीले २४,शनि गोडियाले २० रन बनाए । २० का बलर अक्रम अन्सरी ३ र आसिकी अन्सारीले २ बिकेट लिए । प्रतियोगितामा सोमबार २३ र २१ तथा १ र ३ बिच खेल हुने प्रतियोगिताका संयोजक तरुन बद्राचार्यले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । शुक्रवार र आइतबार गरि ११ जनाले एक हजारको दरले ११ हजार पुरस्कार पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो ।
त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन १ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ । आइतबार सो पुरस्कार नेपालगन्ज १३ का पवन केवटले प्राप्त गरे ।