वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र १२ बिजयी
प्रकाशित मिति : २०७६, २८ जेष्ठ मंगलवार २१:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुनिल रेग्मी / नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ११ र १२ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविमा भएको छ ।
Advertisement
प्रतियोगिताको पहिलो खेलमा वडा नं. ११ ले वाड ७ लाई ४ बिकेटले पराजित गर्दै बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. ७ ले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो । उसका लागि सकिल शाहले ४०,हल्मान हल्लवाइ २०रनको पारी खेलेका थिए ।
११ का बलर सफिक हल्बाइ र प्रबेज अन्सारीले समान २ /२ बिकेट लिए ।
जवाफि व्याटिङगमा आएको वडा नं. ११ ले १४ ओभरमा ६ बिकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि जेकि नफाब सल्मानि ३९,राहुल कनौजियाले २४,असलाम भाट ले २३ रन को पारी खेले । ७ का बलर राज वरिस ,सल्मान हल्बाइ,मक्बुल राइले समान १/ १ बिकेट लिए । खेलमा जेकि नवाफ सल्मानी म्यानअफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा वडा न १२ बिजयी भयो । उसले वडा नम्बर १४ लाई १०३ रनले पराजित गर्यो । खेलमा पहिला व्याटिङ गरेको १२ ले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउदै १ सय ७९रन वनायो । उसका लागि निलेश खड्का ४८ ,सन्दिप ओलिले २३,बिपुल शर्मा ले २२ रनको पारी खेले । १४ बिरेन्द्र चौधरीले ३,नरेद्र भाट्ले २ बिकेट लिए । जबाफी व्याटिङमा आएको वडा नं १४ ले११ ओभर ३ बलमा अल ७६ रनमा आउट भयो । उसका लागि अजुन शर्मा ले १८ राहुल शर्मा ले १४,बिरेन्द्र चौधरीले १० रन बनाए । १२ का बलर बिरेद्र चौधरीले ३,नरेन्द्र भाट २ सैजाद बगबान ले १ बिकेट लिए । खेलमा निलेस खड्काले म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा बुधबार पहिलो खेलमा १० र ०८ तथा दोस्रोमा २० र २२ वडा बिच खेल हुने प्रतियोगिताका संयोजक तरुन बज्राचार्यले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन, कैलपाल कलेजको सह प्रायोजन रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय, वडा नं. ७, १०, ११ र १२ को आर्थिक सहयोगमा द गु्रप अफ सिक्टिनले सो प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खेलाडी तथा दर्शकले एक हातले बल क्याच गरेमा नगद १ हजार पुरस्कारको व्यवस्था गरिएको छ । अहिले सम्म १४ जनाले सो नगद पाएका छ्न । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले यसको व्यवस्था गरेको हो । त्यसै गरि खेल हेर्न आउने दर्शक मध्य प्रत्येक दिन१ जना लाई गोला प्रथाबाट फ्यान अफ द डे घोषणा गरि आकर्षक पुरस्कर दिइने छ । सो पुरस्कार पनि एक्सपर्टले नै प्रदान गरेको छ । सोमबार सो पुरस्कार नेपालगन्जका अंकित जैसवालले प्राप्त गरे ।