मुस्लिम आयोग र हज समितिले गर्यो थर्ड एलायन्सको निरिक्षण "मानव अधिकारको सवालमा थर्ड एलायन्स संग आयोगले सहकार्य गर्ने "
"मानव अधिकारको सवालमा थर्ड एलायन्स संग आयोगले सहकार्य गर्ने "
प्रकाशित मिति : २०७६, २९ जेष्ठ बुधबार २०:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । मानव बिकास शिक्षा र आरक्षणका विषयमा केन्द्रीत भएर मुस्लिम आयोग काम गर्न तयार रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताउनु भयो ।
तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्सको नेपालगंज कार्यालयको बुधबार निरक्षण गर्ने क्रममा मानव अधिकारको सवालमा थर्ड एलायन्स संग सहकार्य गर्न तयार रहेको बताउनु भयो।
अध्यक्ष अन्सारीले विगतमा समेत थर्ड एलायन्स संग मिलेर काम गरेको स्मरण गर्दै भविष्यमा तराईका जिल्लामा भई रहेको मानव अधिकार उल्लघनका घटनाहरुको अनुगमन गरी सरकारलाई सिफारीश गर्न तयार रहेको बताउनु भएको थियो ।
नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँ र आयोगका अध्यक्ष अन्सारी र पूर्व मन्त्री जाकिर हुसेनले संयुक्त रुपमा थर्ड एलायन्सको निरिक्षण गरि मानव अधिकारको सवालमा थर्ड एलायन्सले गरेको काम प्रशंसा योग्य रहेको बताउनु भएको थियो ।
निरिक्षण गर्ने क्रममा थर्ड एलायन्सले आयोजना गरेको अधिकारकर्मी, कानुन व्यवसायी,पत्रकारका संगको अन्तरक्रियामा राष्ट्रिय मानव अधिकार आयोग नेपालगंजका प्रमुख चन्द्र कान्त चापागाईले मुस्लिम आयोगको प्रादेशीक कार्यालयहरु स्थान हुन आवश्यक रहेको बताउनु भएको थियो ।
यस्र्तै कार्यक्रममा उच्च अदालत इजलास नेपालगंजका अध्यक्ष बिकास आर्चायले मुस्लिम समूदाय निकै पछाडि परेको समूदाय भएकोले उत्थानका निम्ती आयोगले काम गर्न जरुरी रहेको बताउनु भएको थियो ।
सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकिले शिक्षाबाट मुस्लिमहरु निकै पछाडि परेकोेले शिक्षाको क्षेत्रमा काम गर्न आयोगलाई सुझाव दिनु भएको थियो ।
महिला बालबालिका तथा समाज काल्यण पूर्व राज्य मन्त्री जाकिर हुसेनले मुस्लिम आयोग गठन पश्चात मुस्लिमहरुका समस्या पहिचान गरी समस्या समाधानका लागि काम गर्ने प्रयास गरी रहेको बताउनु भएको थियो ।
नेपाल हज समितिका अध्यक्ष सम्शेर मियाँले हज समितिले हाजीहरुलाई सहज रुपमा हज गर्नका लागि हज समिति प्रयात्न गरी रहेको बताउदै केही तत्वहरुले बदनाम गर्ने प्रयास गरे पनि कुनै प्रभाव नपर्ने र हाजीहरुलाई विगत भन्दा राम्रो तरिकोल हज गराउने जिकिर गर्नु भयो ।
थर्ड एलायन्सका प्रमुख आलम खानले मुस्लिम समूदायको मानव अधिकार तथा मुस्लिम महिलाको मानव अधिकारको अनुगमन अभिलेखीकरण रिपोर्टिंग र राज्यलाई सिफारीश गर्ने कार्य गर्न आयोगलाई सुझाव दिनु भएको थियो । उहाँले सामाजिक समाबेशीता लगायत अन्य मानव अधिकारको विषयमा आयोगले वकालत गरे थर्ड एलायन्स सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो ।
थर्ड एलायन्सको कार्यालयमा आयोजित कार्यक्रममा थर्ड एलायन्सका अधिवक्ता विश्वजीत तिवारी,खजुरा गाँउपालिकाका वडा नं ७का अध्यक्ष अतिउल्ला खाँ, नेकपाका केन्द्रीय सदस्य मोहम्मद हरुन, मुस्लिम इत्तेहाद मोर्चाका सहसंयोजक अत्तहर हुसृन फारुकी, हज समितिका सदस्य मेराज अहमद हिमाल,मुस्लिम यूवा अख्तर अन्सारी लगायतले आफनो धारणा राख्नु भएको थियो ।
Advertisement