दाङमा जिल्ला लिग शुरु,टाईगर र लक्ष्यले अंक बाडे
प्रकाशित मिति : २०७६, ३ असार मंगलवार २०:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लक्ष्मण बस्नेत / दाङ । दाङ जिल्ला स्तरिय लिग फुटबल प्रतियोगिता २०७६ मंगलवार देखि अरनिको मैदान तुलसिपुरमा सुरु भएको छ ।
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिताको मंगलवार सम्पन्न खेलमा लक्ष्य युवा क्लब मलवार र टाईगर क्लब दमारगाउले अंक बाडेका छ्न् ।
उल्लेख्य दर्शकको उपस्थितिमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सिमा मा गोल रहित बराबरी भएपछी दुबै टिमले एक एक अंक बाढ्न बाध्य भएका हुन् ।यसैबिच लिग फुटबलमा बुधबार बेलुका सवा ५ बजे युनाईटेड युथ क्लब तुलसिपुर र सक्कसेस फुटबल क्लब भिड्नेछन् ।
प्रतियोगिता अन्तरगत लिग चरणका खेल तुलसिपुर अरनिको मैदान र घोराही भरतपुर खेल मैदानमा हुनेछन् ।तुलसिपुर र घोराही क्षेत्र मा ५ /५ टिमको सहभागिता रहेको छ ।यसैबिच लक्ष्य युवा क्लब तुलसिपुर १५ मलवारलाई जय बागेश्वरी ज्वलर्स तुलसिपुरले जर्सी प्रदान गरेको छ । अरनिको मैदान तुलसिपुरमा एक कार्यक्रमको आयोजना गरि जय बागेश्वरी ज्वलर्सका प्रोपाईटर युवा व्यावसायि पुर्व क्रीकेट खेलाडी खेलप्रेमी कमल डागिले क्लबका अध्यक्ष लक्ष्मण बस्नेत र सचिव सुरेन्द्र चौधरी (सुबोध) लाई प्रदान गर्नु भएको हो ।कार्यक्रममा आफू खेलकुद क्षेत्रको बिकासमा होमिएको पुर्व खेलाडी,खेलप्रेमी भएकै कारण क्लबलाई हौसला स्वरुप जर्सी प्रदान गरिएको डागिले बताउनु भयो ।
Advertisement