नेपालगन्जको जिभिएन कलेजमा स्वागत कार्यक्रम गरियो
प्रकाशित मिति : २०७६, ६ आश्विन सोमबार ११:१७
सम्पर्क ठेगाना
संस्कृति मिडिया नेटवर्क प्रा.लि.
नेपालगन्ज उपमनपा-१०,बाँके
५ नं. प्रदेश, नेपाल
फोन 9851148119
प्रकाशक : गौरब गिरी
सम्पादक : नवीन गिरी
दर्ता नं. : १३०५/०७५-७६
भ्याट नम्बर : 606861069
कक्षा १२ मा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरु र कलेेजको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। कलेजको प्राङ्गणमा भएको स्वागत कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेपालगन्ज वडा प्रहरी प्रमुख हरी बस्नेत रहनु भएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा कलेजका सिइयो गणेश भण्डारीले जिभिएन कलेजका विद्यार्थीहरुले पढाइका संगसंगै सामाजिक कार्य पनि गरेर कलेजको नाम नेपाल भरि नै चिनाउन सफल रहेकोले खुसी व्यक्त गर्नुभयो। साथसाथै उहाँले उत्कृष्ट कार्यहरु गरेकोले विद्यार्थीहरुलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम , चेतनामूलक नाटक विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका सञ्चालक समितिका तोजिन्द्र बिक, इश्वर पौडेल लगायतका सदस्यहरु, कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Advertisement