नेपालगन्जमा बस वेल्डिङ्ग गर्दा करेन्ट लागेर सह-चालकको मृत्यु
प्रकाशित मिति : २०७६, ९ आश्विन बिहीबार २०:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । नेपालगन्जमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित बसपार्कमा रहेको राजु ग्यारेजमा बसमा वेल्डिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेकाले दिएको जानकारी अनुसार राजु सुनार पट्टावालाले सञ्चालन गरेको सो ग्यारेजमा ना ६ ख ५३६४ नं को बसमा वेल्डिङ्ग गर्दै गर्दा सोही बसका सह-चालक स्याङ्गजा घर भई हाल कोहलपुर १२ चपरगौढी बस्दै आएका वर्ष ३५ का ललित श्रेष्ठको मृत्यु भएको हो ।आज दिउसो करेन्ट लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीले अनुसंघानको लागि एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ
Advertisement