तरुण दलको महाधिवेसनबाट आज नेतृत्व चयन
प्रकाशित मिति : २०७३, ३० कार्तिक मंगलवार १०:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ३० कात्तिक । पोखरामा जारी नेपाल तरुण दलको महाधिवेसनबाट आज नेता छानिने भएको छ । प्रमुख तीन नेताहरुबीच सहमतिपछि सर्वसम्मित नेतृत्व चयन गर्ने तयारी छ । त्यसका लागि नेताहरुबीच छलफल भइरहेको छ । पदको भागबण्डा मिलेपछि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । तरुण दलको आगामी नेतृत्वका लागि नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री जितजंग बस्नेतलाई सर्वसम्मत अध्यक्ष बनाउन पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति भएको बुझिएको छ । तर अरु पदमा सहमति भएको छैन । सहमतिका लागि महाधिवेसनका सबै निर्वाचन प्रक्रिया स्थगन गरिएका छन् । नेविसंघको महाधिवेशनमा अध्यक्षको प्रत्यासीबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका बस्नेतलाई पार्टी सभापति देउवाको निर्देशनमा अध्यक्ष बनाउन लागिएको हो । तरुण दलको अध्यक्षको टुंगो लागे पनि पदाधिकारीमा क–कसलाई समेट्ने भन्ने छलफल जारी भइरहेको छ । सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पोखरामा नै रहेका छन् ।
Advertisement