एक सय ६ वर्षीय चेपाङको मृत्यु
प्रकाशित मिति : २०७३, ६ मंसिर सोमबार १०:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमजुङ (बेसीसहर), ६ मङ्सिर । लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
Advertisement
वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ ।
केही वर्ष अघिदेखिनै पिँढीबाट सर्न नसक्नुभएका वृद्ध चेपाङ पछिल्लो समय निकै कमजोर हुँदै आउनुभएको थियो ।
बुद्धिबहादुर जिल्लाका विभिन्न अवसरमा सम्मानित हुँदै आउनुभएको थियो र जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा निर्माण गरिएको नमुना सामुदायिक अस्पतालको उद्घाटन उहाँबाटै गराइएको थियो ।
चेपाङ समुदाय जिल्लाको चिती गाविसको बरबोटबेसी र हिलेटक्सार गाउँमा रहँदै आएका छन् । चेपाङ बस्तीमा तीन महिना बनेरी बस्ने र नौ महिना मजदुरी गर्ने प्रचलन रहेको छ ।