उपचार गराइरहेका एक कैदी आज शौचालयबाट फरार
प्रकाशित मिति : २०७३, ९ मंसिर बिहीबार १७:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ९ मङ्सिर । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचार गराइरहेका एक कैदी आज शौचालयबाट फरार भएको जिल्ला कारागार कास्कीले जनाएको छ ।
Advertisement
उपचारका लागि अस्पतालमा भर्ना गराएका काभ्रे चलाल गोश्वारा–६ का ३५ वर्षीय पुष्कर खड्काले पिसाब फेर्न जान्छु भनी शौचालयमा गएको र त्यहीबाटै फरार भएको कारागार शाखाका प्रमुख हरि गौतमले बताउनुभयो ।
विसं २०७० वैशाख २६ गते अपहरण मुद्दामा अदालतले उनलाई छ वर्ष कैद र रु चार लाख जरिवाना गरेका थिए । फरार कैदीको तदारुकताका साथ खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।