ढिस्कोले पुरिएर मजदुरको मृत्यु
प्रकाशित मिति : २०७३, २९ मंसिर बुधबार १९:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वालिङ, २९ मङ्सिर । माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ ।
Advertisement
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार स्याङ्जाको बयरघारी बजारबाट पर्वत जाने बाटोको स्तरोन्नति गर्ने काममा संलग्न दाङ घोराही नगरपालिका–६ का ४७ वर्षीय हेमराज आचार्यको मृत्यु भएको हो ।
बाटोभन्दामुनि जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर मजदुर आचार्यको घटनास्थलमै ज्यान गएको हो । यो घटनामा घाइते अर्का मजदुर जाजरकोट डाडाँगाउँ–१ का ४९ वर्षीय खड्गबहादुर पुनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।