सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस पोखरामा
प्रकाशित मिति : २०७३, ८ पुष शुक्रबार १५:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, ८ पुस । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिबाट पोखरामा सुरु हुने भएको छ ।
Advertisement
नेपाल टेनिस सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित पाँच विकास क्षेत्रका पाँच टिम गरी आठ टिमको सहभागिता रहने जानकारी दिइयो ।
प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण प्रतियोगिता पूर्वाञ्चलमा सञ्चालन गर्न केही कठिन भएकाले पोखरामा आयोजना गरिन लागेको हो ।
प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेन्ट, मेन्स सिङ्गल, डबल तथा महिला सिङ्गल, डबलतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुस ९ गते पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।