बक्सिङमा आर्मीलाई पाँच स्वर्ण
प्रकाशित मिति : २०७३, १३ पुष बुधबार १७:०४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१३ पुस, झापा । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत झापाको चन्द्रगढीमा जारी बक्सिङमा त्रिभुवन आर्मीले ५ स्वर्ण जितेको छ ।
Advertisement
जम्मा १८ इभेन्ट्समध्ये बुधबार भएको १० इभेन्ट्सको फाइनलमा आर्मीले पाँच स्पर्धामा स्वर्ण र चार रजत जितेको हो । महिलाको तीन र पुरुषको दुई स्पर्धाको स्वर्ण आर्मीले हात पार्यो ।
पुरुष ५२ केजी तौलसमूहमा आर्मीका प्रेम चौधरीले एपिएफका भुपेन्द्र चौधरीलाई हराउँदै स्वर्ण जिते । त्यस्तै साग पदकधारी दीपक श्रेष्ठले ६४ केजी तौलमा नेपाल पुलिसका भुपेन्द्र थापालाई पराजित गरे ।
महिलातर्फ ४८ केजी तौलसमूहमा आर्मीकी ललिता महर्जनले पुलिसकी देवाना शेर्पालाई हराउँदै स्वर्ण जितिन् । त्यस्तै ५४ केजी तौलसमूहमा पनि बिमला श्रेष्ठले एपिएफकी प्रमिला पाण्डेलाई हराइन् । ६७ केजीमा निरु गुरुंगले एपिएफकी माया चौधरीलाई हराइन् ।
आजै भएको अन्य स्पर्धाको फाइनलमा पुरुष ४९ केजी तौलसमूहमा मध्यमाञ्चलका सुशील थापाले आर्मीका सुवास विकलाई पराजित गरे । ५६ केजीमा पनि आर्मीका बिमल रोका मगरलाई हराउँदै एपिएफका पुरन राईले स्वर्ण जिते ।
महिलातर्फ आर्मीकी गीता रानामगरलाई हराउँदै एपिएफकी मीरा राईले ६१ केजीमा स्वर्ण जितिन् । ६० केजीमा पनि एपिएफकै सरस्वती रानामगरले स्वर्ण जितिन् । उनले आर्मीकै सोनम रोक्कामगरलाई पराजित गरेकी हुन् ।
त्यस्तै पुरुष ६० केजी तौलसमूहमा नेपाल पुलिसका दिनेश श्रेष्ठले स्वर्ण जिते । समिफाइनलमा घाइते भएका एपिएफका दिनेश चन्दले वाकओभर दिएपछि दिनेश श्रेष्ठले फाइनल नखेली स्वर्ण हात पारेका हुन् ।
भोलिसम्म चल्ने प्रतियोगितामा आज १० स्पर्धामा स्वर्णको छिनोफानो भयो । बाँकी ८ स्पर्धाको फाइनल खेल भोलि हुनेछ । भोलि ५ पुरुष र ३ महिलाको स्पर्धामा फाइनल हुनेछ ।
बक्सिङमा आर्मी पदकविहीन नहुने
सातौं राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङका लागि सहभागी भएका त्रिभुवन आर्मीका कुनैपनि खेलाडी पदकबिहीन नहुने भएका छन् ।
बक्सिङमा आर्मीले १८ खेलाडी पठाएकोमा १६ खेलाडी फाइनलमा पुगे । त्यस्तै दुईले काश्य पदक जितेको आर्मीका बक्सिंग प्रमुख सागर थापाले जानकारी दिए । ‘१६ मध्ये ९ स्पर्धामा हामीले पाँच स्वर्ण जित्यौं ।’
उनले भने, ‘भोलि हुने आठ प्रतिस्पर्धामा हामीले ६ स्वर्णको अपेक्षा गरेका छौं ।’
यसअघि आर्मी एथ्लेटिक्स र तेक्वान्दोमा पनि टिम च्याम्पियन भइसकेको छ ।