रङ्गयात्रा कार्यशाला सुरु
प्रकाशित मिति : २०७३, १५ पुष शुक्रबार ०८:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, १५ पुस । शान्ति, पर्यटन र कला प्रवद्र्धनका लागि एनएस क्लब अफ हिलपोइटले रङ्गयात्रा कार्यशालाको प्रथम शृङ्खला रुपाकोट–३, चिसापानी गाउँबाट सुरु गरेको छ ।
Advertisement
चारदिने रङ्गयात्रा कार्यशालामा कलाकार प्राज्ञ नगेन सिंह ठकुरी, सारा बजिमय, आकाश जैसवाल, प्रमिला लामिछाने, जानुका केसी, सुष्मा गौतम, सहवीर गुरुङलगायत ११ जना कलाकारको सहभागिता रहेको छ ।
कार्यशाला शुभारम्भ कार्यक्रममा वरिष्ठ कलाकार बाबुराम कस्केलीले गाउँका हेर्न लायक दृश्य कलाकारले आफ्नो क्यानभासमा उतार्ने बताउँदै यसले गाउँको विकासका लागि महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
एनएस क्लबका अध्यक्ष विजय गुरुङले रुपाकोट–३, चिसापानी, कास्कीबाट सुरु यो रङ्गयात्रा कार्यशाला देश तथा विदेशको विभिन्न ठाउँमा सञ्चालन हुने बताउनुभयो । हिम दृश्य क्लब चिसापानीका अध्यक्ष विशान गुरुङ, अतिथिहरू एनएस क्लब अफ हिलपोइटका सल्लाहकार सुदिन श्रेष्ठ, नगेन आर्ट ग्यालरीकी सञ्जिना गिरी लगायतले रङ्गयात्रा कार्यशालाले ललितकलाको नयाँ इतिहास रच्ने बताउनुभयो ।
चिसापानी गाउँको मूलचोकस्थित दुई ट्याङ्की र एक घरको भित्तालाई चिसापानी गाउँको मठमन्दिर, हिमाल, लोप हुन लागेको लालुपातेको प्रेम गाथाले रङ्गाइएको नगेन आर्ट ग्यालरी सैनिक शाखाका निर्देशक सहवीर गुरुङले जानकारी दिनुभयो ।
नगेन फन क्लब अफ लेखनाथका समीर गुरुङका अनुसार कार्यशालामा चिसापानी गाउँका दृश्य हेरेर ११ जना कलाकारले दुई दर्जन कलाकृति क्यानभासमा उतार्नुका साथै भिडियोग्राफी कला र फोटोग्राफी कला सिर्जना गर्नेछन् ।