चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी चल्दैन:प्रभाकर
प्रकाशित मिति : २०७३, १६ पुष शनिबार १२:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
१६ पुस, पोखरा । उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले आफुले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् ।
Advertisement
माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले लिन नसकेको बताए ।
मन्त्री शर्माले भने- “लोडसेडिङमुक्त नेपाल बनाएपछि बिजुलीको मुखै नदेखेका दुरदराजका जनतासमेत खुशी भएका छन् । तर, जनार्दनले ‘क्रेडिट’ पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय नेतालाई सताएको छ, अनि कसरी बन्छ पार्टी ?”
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्माले भने- ‘यो सवै काम मैले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा गरेको हुँ, यो काम सरकारले गरेको हो, मलाई क्रेडिट चाहिँदैन, तर ऊर्जा मन्त्रालयले गरेको उपलब्धिलाई पार्टी निर्माणमा प्रयोग गर्नुस्, मलाई यति भए पुग्छ ।”
उर्जा मन्त्रालयको कामले देशव्यापीरुपमा पाएको वाहवाहीलाई पार्टीका केही नेताहरु कतै उच्चारणसम्म नगरेको गुनासो गर्दै मन्त्री शर्माले सरकारले गरेका राम्रा कामको स्वामित्व लिन नसके पार्टी बन्न नसक्ने मन्त्री शर्माले ठोकुवा गरे ।
तर, लोडसेडिङ हटाउँदा त्यसरी भित्रभित्रै जलेका माओवादी नेताहरुको को हुन् भन्ने शर्माले खुलाएनन् । उनको संकेत पार्टीभित्रका उनका प्रतिस्पर्धीहरुतिर लक्षित देखिन्थ्यो ।
चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी चल्दैन
अर्को एक प्रसंगमा मन्त्री शर्माले चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी बन्न नसक्ने धारणा व्यक्त गरे । पार्टी एकीकरण हुँदा बैचारिक कार्यदिशा ठोस गरिए पनि संगठनात्मक अन्योल हटाउन नसकेका कारण संगठन भद्रगोल भएको शर्माको टिप्पणी छ ।
स्वच्छ प्रतिस्पर्धाद्वारा नेता चुन्ने परिपाटीको विकास नगरेसम्म पार्टी बन्न नसक्ने शर्माले बताए । उनले अबदेखि जनताले चाहेका कार्यकर्ता र कार्यकर्ताले चाहेका नेता बनाउने प्रणालीमा जानुपर्ने बताए ।
अर्को एक प्रसंगमा उनले स्थानीय तहको चुनावपछि जनताले परिवर्तनको अनुभूति गर्ने बताए । स्थानीय चुनावपछि आफ्नो सरकार आफैंले चलाउन पाउने भएकाले जनताले परिवर्तनको महसुस गर्ने उनले धारणा राखे । मन्त्री शर्माले नयाँ संविधानले ग्यारेन्टी गरेको जनताको अधिकार स्थानीय तहको चुनावले संस्थागत गर्ने धारणा व्यक्त गरे ।
स्थानीय तहको चुनाव जितेर पार्टी निर्माण अभियानलाई तीव्रता दिन पनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।