संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन्ः मन्त्री लेखक
प्रकाशित मिति : २०७३, १९ पुष मंगलवार १८:५०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
वालिङ, १९ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।
Advertisement
स्याङ्जाको भौतिक विकास निर्माणका विषयमा सदरमुकाम आज आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “संविधान निर्माणका क्रममा जसरी दलहरु एकै ठाउँमा उभिएका थिए त्यसैगरी यसको कार्यान्वयनका लागि पनि सबै दल एकै ठाउँमा उभिनुपर्दछ ।”
मन्त्री लेखकले देशलाई असफल राष्ट्र हुनबाट बचाउनका लागि पनि दलहरुले छिटोभन्दा छिटो निर्वाचनको मिति तय गरी तीनवटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“पर्यटकीय सहर पोखरा र व्यापारिक केन्द्र भैरहवालाई जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो, “दुई लेनको सडकलाई विस्तार गरी अब चार लेनको बनाउनेमा सरकार अगाडि बढ्दैछ ।”
मन्त्री लेखकले स्याङ्जामा यातायात व्यवस्था कार्यालयको स्थापना गर्ने पनि बताउनुभएको छ ।