सामुदायिक वनका पोखरी पुरिन थालेपछि प्राकृतिक सम्पदा लोपहुँदै
प्रकाशित मिति : २०७३, ३ माघ सोमबार ०८:०५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बेनी (म्याग्दी), ३ माघ । पहिरो र भूस्खलनका कारण म्याग्दीको वगरफाँट सामुदायिक वन र ठूलो खवरा सामुदायिक वनका एक दर्जन कुवा तथा पोखरी पुरिएका छन् ।
Advertisement
तोराखेतको पहिरो र भसभसेको भूस्खलनका कारण बगरफाँट सामुदायिक वन र ठूलो सल्लेरी सामुदायिक वनका ताल र पोखरी पुरिएका हुन् । “सधैँ तालमा एकनासको पानी रहने गरेका कारण पशु–चौपाया तथा बटुवाले पानी खान सजिलो हुन्थ्यो”, स्थानीयवासी डेकबहादुर कार्कीले भन्नुभयो, “हाल तालहरू पुरिँदै गएकाले तालको पानी सुक्न थालेको छ ।” तालका जलचर र फूलका प्रजातिसमेत नष्ट भएको कार्कीले बताउनुभयो ।
सामुदायिक वनमा सतिपानी, रोहोटे, भसभसे, अमनीलगायत ताल रहेका छन् । अधिकांश ताल माटोले पुरिएपछि ताल पानीविहीन अवस्थामा पुगेका छन् । सामुदायिक वनमा रहेका कुवा, पोखरी र ताल पुरिएपछि यस क्षेत्रको जैविक विविधता नष्ट हुँदै गएको वगरफाँट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलबहादुर घिमिरेले बताउनुभयो । विभिन्न माछाका प्रजाति र कालो र पहेँलो रङ्गको भ्यागुतासमेत तालमा हाल देखिन छाडेको उहाँले बताउनुभयो ।