बागलुङ नपाको बजेट रु साढे पन्ध्र करोड
प्रकाशित मिति : २०७३, ५ माघ बुधबार ०८:५६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बागलुङ, ५ माघ । बागलुङ नगरपालिकाले आगामी आवको लागि रु १५ करोड ५० लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २२ औँ नगर परिषद्ले आव २०७४÷०७५ को आयव्यय मंगलबार सार्वजनिक गरेको हो ।
Advertisement
परिषद्को निर्णयअनुसार चालुतर्फ रु दुई करोड ५० लाख र पुँजीगततर्फ रु १३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा पूर्वाधार निर्माण, सरसफाइ र कृषि तथा पर्यटन विकासका लागि प्राथमिकता दिइएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताउनुभयो ।
भूकम्प प्रतिरोधी घर निर्माणको अभियानलाई कडाइका साथ लागू गर्ने, सडक चोकमा रहेका अव्यवस्थित विद्युत्, टेलिफोन, केबुललाइन र तार तथा पोललाई व्यवस्थित गरी बजारलाई सुन्दर र सुरक्षित बनाउने निर्णय परिषद्ले गरेको छ ।
बागलुङ नगरलाई कालो प्लास्टिक मुक्त घोषणा गरेको तीन वर्षपछि सबै प्रकारका प्लास्टिक निषेध गर्नका लागि उद्योग वाणिज्य सङ्घ, होटल सङ्घलगायतका संस्थाको सहकार्यमा प्रभावकारी काम थाल्ने समेत निर्णय परिषद्ले गरेको छ ।
नगरपालिकाले नगरको वस्तुस्थिति झल्कने गरी ‘जिआइएस’ (भौगोलिक) नक्सा तयार गर्ने, नगर क्षेत्रभित्र रहेका सडकको वस्तुस्थिति झल्कने सडक गुरुयोजना बनाउने र सबैलाई ‘मेट्रिक’ प्रणालीमा आधारित घर नम्बर राखेर चालु आवमै काम थाल्ने निर्णय पनि गरेको छ ।