पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ:कांग्रेस महामन्त्री
प्रकाशित मिति : २०७३, ५ माघ बुधबार १९:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बेँसीसहर, ५ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निर्वाचन नयाँ संरचनामा हुन नसक्ने दावी गरेका छन् ।बुधबार एक कार्यक्रमका लागि लमजुङ पुगेका उनले पुरानै संरचनामा निर्वाचन गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘पुनःसंरचनामा धेरै विवाद छन्, त्यसैले पुरानै संरचनामा टेकेर स्थानीय निर्वाचन गर्नुपर्छ ।’
Advertisement
उनले जनताको भावना विपरीत राज्य पुनःसंरचना हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनका लागि जनताको सहभागिता र समर्थन चाहिने बताए । महामन्त्री कोइरालाले स्थानीय निर्वाचन भएको तीन चार महिनाभित्र प्रान्तको स्वरुप निर्धारण हुने उनको जिकिर थियो ।
उनले संविधान संशोधनको प्रस्ताव पारित गरेर प्रदेश र केन्द्रको निर्वाचन गर्न सकिने बताए ।