मनाङ सडक तीन साता बन्द हुने
प्रकाशित मिति : २०७३, ११ माघ मंगलवार १५:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लमजुङ (बेँसीसहर), ११ माघ । हिमालपारिको जिल्ला मनाङ जोड्ने एक मात्र सडक तीन साता बन्द हुने भएको छ । बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको ताघ्रिङखण्डमा मर्मत तथा स्तरोन्नतिका लागि तीन साता बन्द हुने भएको हो । सडक मर्मत अवधिमा सवारी आवतजावतमा रोक लगाउन सडक डिभिजन कार्यालय दमौलीले जिल्ला प्रशासन कार्यालय लमजुङ र मनाङलाई पत्राचार गरेको छ ।
Advertisement
डिभिजन कार्यालयका अनुसार यही माघ २५ देखि आगामी फागुन १० गतेसम्मका लागि सवारी आवागमन बन्द गर्न अनुरोध गरिएको छ । ताघ्रिङको काप्रे भिरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्म मर्मत तथा स्तरोन्नति गरिने जिल्ला प्रशासनमा पठाइएको पत्रमा उल्लेख छ ।
सडक मर्मतका लागि सवारी आवागमन बन्द गर्न परिपत्र आएकाले सार्वजनिक सूचना जारी गरी सो अवधिमा सवारी आवागमन बन्द गरिने लमजुुङका प्रअिज मोहन जिसीले बताउनुभयो । सो सडकखण्डमा अति जोखिममा रहेको काप्रेभिरमा पनि मर्मत तथा स्तरोन्नति गरिने डिभिजन कार्यालय, दमौलीले जनाएको छ । रासस