बल्ल देखिन थाले हिमाली जटायु
प्रकाशित मिति : २०७३, १६ माघ आईतवार १३:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बेनी (म्याग्दी), १६ माघ । लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) अहिले म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा देखिन थालेका छन् ।
Advertisement
म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि अहिले उच्च भेगमा फाट्टफुट्ट रुपमा हिमाली जटायु देखिन थालेको स्थानीयवासीले बताएका छन् ।
हिमाली जटायु विषादीयुक्त आहार, बढ्दो तापक्रमको प्रभाव र वासस्थानको अभावका कारण विश्ववाट नै लोपहुने अवस्थामा रहेका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएको चिमखोलाका स्थानीयवासी धु्रव पाइजाले जानकारी दिनुभयो ।
लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका प्राविधिक डिल्लीराम आचार्यले जानकारी दिनुभयो ।
जिल्ला पशुसेवा कार्यालय र नेपाल पक्षी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा गत साल २५ औँं जिल्लाको रुपमा म्याग्दीलाईे ‘डाइक्लोफेनेक औषधिमुक्त’ जिल्ला घोषणा गरिएको थियो ।
जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायतका ठाउँमा हिमाली जटायु देखिन थालेको र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् ।
‘जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र यसको कुनै अभिलेख पनि नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । रासस