कास्कीमा चार हजार बढी नयाँ मतदाता
प्रकाशित मिति : २०७३, १९ माघ बुधबार २२:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा, १९ माघ । फोटोसहितको मतदाता नामावली सङ्कलनमा कास्कीमा चार हजार ३८५ जना नयाँ मतदाता थपिएका छन् ।आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला निर्वाचन कार्यालयले गत पुस १० गतेदेखि सुरु गरेको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्यक्रमअन्तर्गत जिल्लामा दुई हजार ३१९ जना पुरुष र दुई हजार ६६ जना महिलाले नाम दर्ता गरेको कार्यालयका प्रमुख गङ्गा सुवेदीले जानकारी दिइन् ।
Advertisement
कार्यालयले विभिन्न जिल्लामा घर भई हाल पोखरामा बसोवास गर्दै आएका ६७ जना पुरुष र ६२ जना महिलाको पनि नाम सङ्कलन गरी सम्बन्धित जिल्लाको मतदाता नामावलीमा समावेश गराउने गरी पठाएको छ ।
कार्यालयवाट खटिएका छवटा टोलीले दुई नगरपालिका र ३२ गाविसका ७९ ठाउँमा पुगेर मतदाता नामावली सङ्कलन गरेका थिए । टोलीले मृत्यु भएका, दोहोरो नाम भएका, बसाइसराइ गरेका मतदाताको पनि विवरण सङ्कलन गरेको र तर यसको सबै विवरणको जानकारी गराउन केही समय लाग्ने कार्यालय प्रमुख सुवेदीले बताइन् ।
गत पुस मसान्तसम्म जिल्लामा कुल मतदाताको सङ्ख्या दुई लाख २८ हजार ५०१ रहेको थियो । जसमा महिला एक लाख २१ हजार ४४०, पुरुष एक लाख छ हजार ३७६ र तेस्रो लिङ्गी पाँचजना रहेको कार्यालयले जनाएको छ ।