किसानले मौसम सूचना जानकारी अब मोबाइल बाट
प्रकाशित मिति : २०७३, २० माघ बिहीबार १६:२१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पाल्पा, २० माघ । किसानले मौसम सम्बन्धी सूचना मोबाइलमा पाउने भएका छन् । कृषि विकास मन्त्रालय र जल तथा मौसम विज्ञान विभागको सहकार्यमा सञ्चालित जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत परियोजना सुरु भएपछि उनीहरुले मौसमसम्बन्धी जानकारी मोबाइलमा पाउने भएका हुन् ।
Advertisement
परियोजनाले जिल्लामा ४३ वटा मोबाइल सेट र २०० सिमकार्ड वितरण गरेपछि किसानले घरमै मौसमसम्बन्धी जानकारी पाउन सक्नेछन् । मौसमसम्बन्धी जानकारी लिन किसानलाई सहज हुन थालेसँगै प्राकृतिक प्रकोपका कारण अन्नबाली क्षति कम हुने आशामा यहाँका किसान छन् ।
जलवायु परिर्वतनबाट कृषिउपजमा पर्न सक्ने जोखिमका विषयमा समयमै सतर्कता अपनाउन सहयोग गर्न जिल्लामा कृषि व्यवस्थापन सूचना प्रणाली परियोजना सुरु भएको छ । परियोजनाको जिल्लास्तरीय कार्यान्वयन कार्यशाला गोष्ठीमा आयोजना निर्देशक विष्णुप्रसाद घिमिरेले जलवायु परिर्वतनका कारण कृषि क्षेत्रमा पर्ने जोखिम र क्षतिलाई न्यूनीकरण गर्न उक्त परियोजना नमुनाका रुपमा सञ्चालन गरिएको बताउनुभयो ।
परियोजनाअन्तर्गत कृषि, जलवायु, प्रविधि, जडीबुटी र मौसमका बारेमा जानकारी दिन किसान कल सेन्टरबाट सेवा दिइनेछ । एसएमएस सेवा, डिजिटल बोर्ड, मौसमी सूचना, कृषक सिमकार्ड वितरणलगायका क्रियाकलाप सञ्चालन गरिने उहाँले बताउनुभयो